जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारर्कीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्।
अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।