Advertisement

अदालतमा उपस्थित नभए कङ्गनाविरुद्ध पक्राउ पुर्जी जारी हुने

एजेन्सी । जावेद अख्तरको मानहानि मुद्दामा कङ्गना रनौतको समस्या बढ्दै गएको देखिन्छ। मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ।

उनी पक्राउ गर्न सकिने भएको भारतीय समाचार माध्यमले जनाएका छन्। यसअघि अदालतले कङ्गनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कङ्गना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ। कङ्गना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन्।

यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ। कङ्गनाका वकिल रिजवान सिद्दिकीले बान्द्रा अदालतलाई भने कि उनी संसद्को काममा व्यस्त थिइन र जसका कारण सुनुवाईमा उपस्थित हुन नसकेकी हुन्। कङ्गना रनौत सुनुवाईमा उपस्थित नभएको कारण जावेत अख्तरका वकिल जय के भारद्वाजले निवेदन दिएका थिए। कंगनाविरुद्ध गैर जमानती वारेन्ट जारी गर्न माग गरिएको थियो।

भारद्वाजले करिब ४० वटा पेशीमा अदालतको सुनुवाइमा अभिनेत्री उपस्थित नभएको दाबी गरेका थिए। अदालतले कङ्गनाका वकिललाई निवेदनको जवाफ पेश गर्न निर्देशन दिएको छ तर वकिलले गैर जमानती वारेन्टको विरोध गरेका छन्। यस्तो अवस्थामा मजिस्ट्रेटले अभिनेत्रीलाई अन्तिम मौका दिने निर्णय गरेका हुन। मार्च २०१६ मा जावेद अख्तरको घरमा बैठक भएको थियो। यसै क्रममा कङ्गना रनौत र ऋतिक रोशन इमेलका कारण चर्चामा थिए।

रोशन परिवारका नजिकका जावेद अख्तरले कङ्गनासँग भेटघाट गर्ने जिम्मेवारी लिए र अभिनेत्रीलाई रोशनसँग माफी माग्न भनेका थिए। त्यसबेला कंगनाले कुनै जवाफ दिएकी थिइनन् तर २०२० मा सुशान्त सिंह राजपुतको कथित आत्महत्यापछि अभिनेत्रीले एक अन्तर्वार्तामा जावेद अख्तरसँगको २०१६ मा भएको भेटको उल्लेख गरेकी थिइन्।

यस क्रममा जावेद अख्तरले कङ्गनाबाट अपमानजनक शब्द पाए र उनले अभिनेत्री विरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज