समाचार

ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने

ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने

समाचार
वासिङ्टन | अर्बपति एलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ। फिलाडेल्फियास्थित अदालतका एक न्यायाधीशले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलरको उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइमा उपस्थित हुन आदेश दिएका हुन्। फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गरेका थिए। न्यायाधीश एनी मेरी कोयलले भनिन्, ‘सुनुवाइको समयमा सबै पक्ष उपस्थित हुनुपर्ने आदेश जारी गरिएको छ।’ मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो। मस्कले ५ नोभेम्बरमा हुने चुनावसम्म व्यापक प्रतिस्पर्धा रहेका सात वटा राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पु...
तिहारमा गुञ्जिन्छन् यी गीत

तिहारमा गुञ्जिन्छन् यी गीत

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
काठमाडौँ । उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।  ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीतले तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभिनय रहेको  यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलको रचना गरेको सो गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका हुन् । ‘दियो बाली साँझको’ पनि गीत उत्तिकै लोकप्रिय छ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराई...
हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो, भोलि अस्ट्रेलियासँग खेल्ने

हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो, भोलि अस्ट्रेलियासँग खेल्ने

खेलकुद, समाचार
काठमाडौँ । नेपालले इंग्ल्यान्डमाथि शानदार जित हात पारेको छ। हङकङमा जारी २० औं हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको नेपालले तीन पटकको उपाधि विजेता इंग्ल्याण्डलाई हराएको हो। ९८ रनको लक्ष्य पाएको नेपालले  बिना विकेटको क्षति जित हात हासिल गरेको हो। नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो । नेपालका कप्तान सन्दिप जोरा ५० रन बनाएर रिडायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बमले अविजित २० रन बनाए । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।नेपाल प्रतियोगिताको समूह ‘बी’ मा  छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ। नेपालले अब शनिबार अस्ट्रेलियासँग खेल्ने छ।...
तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला

तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला

समाचार
नवलपुर । गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु-२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका-४ लुस्लहरीकी बिपना मुग्लिनबाट बेपत्ता हुनुभएको थियो । बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरूले उहाँको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उहाँको शव राति नै मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याई पोष्टमार्ट गरिएको र शव बिपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो । क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कँदै थिए । फर्कने क्रममा नारायणघाट–बुटवल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी बिपना त्यसपछि बेपत्ता हुनुभएको...
तिहारका लागि २५ करोडको बत्ती आयात

तिहारका लागि २५ करोडको बत्ती आयात

Breaking News 2, ट्रेन्डिङ, धर्म संस्कृति, समाचार
काठमाडौँ । व्यवसायीहरूले यो वर्षको तिहारका लागि २५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती मगाए पनि असोजको दोस्रो साता आएको बाढीले केरुङ नाकाको राजमार्ग अवरुद्ध भएका कारण के कति आइपुग्यो भन्ने यकिन तथ्यांक नभएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाले बताएका छन् । भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्ष (२०८१/८२) को असोज मसान्तसम्ममा ४ करोड ७४ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । चालु आर्थिक वर्षमा चीन, बहराइन, इजरायल, ओमानलगायतका ८ मुलुकबाट यस्तो बत्ती आयात भएको विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै चीनबाट आयात भएको छ भने दोस्रोमा भारतबाट र तेस्रोमा कतारबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट ४ करोड ४३ लाख ७४ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ३० लाख रुपैयाँको, कतारबाट २६ हजार रुपैयाँ, बहराइन र साउदी ...
तिहारमा पटका पट्काउँदा प्रदूषण

तिहारमा पटका पट्काउँदा प्रदूषण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
काठमाडौँ – वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्। पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्। वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताए। ‘दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरु बस्छन्। यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ,’ उनले भने, ‘पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ।’ जलवायु परिवर्त...
सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव संसदीय समितिबाट अनुमोदन

सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव संसदीय समितिबाट अनुमोदन

समाचार
काठमाडौं । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ । उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् ।...
रेड पाण्डाको छालासहित एक जना पक्राउ

रेड पाण्डाको छालासहित एक जना पक्राउ

समाचार
काठमाडौं । रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा छन् । उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले पक्राउ गरेको हो । रेड पाण्डाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।...
दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

ब्यापार, समाचार
काठमाडौं । दुग्ध किसानको अर्ब बढी बक्यौता भुक्तानी नभएर समस्या बल्झिएका बेला सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आसन्न चाडपर्वमा नेपालमै उत्पादित दूध तथा दुग्धजन्य पदार्थ, मह, अन्डा, मासु साथै फलफूल प्रयोग गर्न अपिल गरेका छन् । कृषिमन्त्री अधिकारीले तिहार तथा नेपाल संवत् नयाँ वर्ष तथा छठ पर्वको शुभकामना दिँदै यस्तो अपिल गरेका हुन् । ‘तपाईंहरूको सानो सहयोगले कृषि पेसामा संलग्न हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूलाई ठूलो हौसला मिल्ने छ,’ मन्त्री अधिकारीले जारी गरेको शुभकामना सन्देशमा छ । मन्त्री अधिकारीका अनुसार रोजगारी र अवसरका लागि विदेशिने क्रममात्र चलेको छैन, देशमै केही हुन्छ र गर्नुपर्छ भन्ने सोच पनि बढ्दै गएको छ । त्यसकै मिहिनेत र पौरखका कारण नेपाल मासु, अन्डामात्र होइन, दूध तथा दुग्धजन्य पर्दाथमा बिस्तारै आत्मनिर्भर बन्दै गएको छ । तरकारी, फलफूल तथा अन्नबाली उत...
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

ताजा अपडेट, बागमती, ब्यापार, समाचार
खैरहनी । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिब एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । ‘पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव–२०...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज