Advertisement

तिहारका लागि २५ करोडको बत्ती आयात

काठमाडौँ । व्यवसायीहरूले यो वर्षको तिहारका लागि २५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती मगाए पनि असोजको दोस्रो साता आएको बाढीले केरुङ नाकाको राजमार्ग अवरुद्ध भएका कारण के कति आइपुग्यो भन्ने यकिन तथ्यांक नभएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाले बताएका छन् ।

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्ष (२०८१/८२) को असोज मसान्तसम्ममा ४ करोड ७४ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । चालु आर्थिक वर्षमा चीन, बहराइन, इजरायल, ओमानलगायतका ८ मुलुकबाट यस्तो बत्ती आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

सबैभन्दा धेरै चीनबाट आयात भएको छ भने दोस्रोमा भारतबाट र तेस्रोमा कतारबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट ४ करोड ४३ लाख ७४ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ३० लाख रुपैयाँको, कतारबाट २६ हजार रुपैयाँ, बहराइन र साउदी अरेबियाबाट ७/७ हजार रुपैयाँको, ओमानबाट ५ हजार रुपैयाँ, इजराइल र मलेसियाबाट १/१ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो ।

बर्सेनि झिलिमिली बत्तीको आयात घट्दै

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाका अनुसार प्रत्येक वर्षको तिहारमा ३५ देखि ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत हुने गरेको छ । तर पछिल्लो वर्ष यस्तो बत्तीको खपत घट्दै गएको उनको भनाइ छ ।

उनका अनुसार अघिल्लो वर्ष (२०८०/८१) मा ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको थियो । तर त्यसको ६० प्रतिशतमात्रै बिक्री भएको थियो ।

अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्ष झिलिमिली बत्तीको व्यापार घट्टै गएको अध्यक्ष देवकोटा बताउँछन् । त्यसकारण यो वर्ष झिलिमिली बत्तीको आयात परिमाण घटाइएको उनको भनाइ छ ।

‘यी बत्ती एकदुई वर्ष टिक्ने भएकाले पनि व्यापारमा कमी आएको हुन सक्छ । अर्को, बजेट अभावका कारण सरकारी भवन निर्माण हुन सकेका छैनन् । यस्तै युवा विदेश पलायन भएका कारण घरजग्गाको कारोबार घटेकाले निजी घर बन्ने क्रम पनि पहिलाजस्तो छैन,’ देवकोटाले भने, ‘यी विभिन्न कुराले हाम्रो बजार साँघुरिँदै गएको छ ।’

यसैगरी असोजको दोस्रो साताको बाढी पहिरोले गर्दा केरुङ नाका बन्द हुँदा यो वर्षको तिहारका लागि ल्याउँदै गरेका झिलिमिली बत्ती आइपुग्न नसकेको देवकोटाले बताए ।

तिहारका लागि २५ करोड बराबरको सामान ल्याइएको छ । के कति आइपुग्यो र के कति आउन बाँकी छ भन्ने यकिन तथ्याङ्क छैन,’ उनले भने ।

कुन वर्षको तिहारमा कति आयो झिलिमिली बत्ती ?

kk

                                                                               स्रोतः नेपाल विद्युतीय व्यवसायी महासंघ

नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०७६/७७ को तिहारमा ४० करोडको झिलिमिली बत्ती आयात गरिएको थियो । २०७७/७८ को तिहारमा  ठुलो परिमाणमा आयात घटेर २५ करोड बराबरको झिलिमिली बत्ती आयात गरियो ।

२०७८/७९ र २०७९/८० मा ४०/४० करोडको बत्ती आयात भएको थियो भने २०८०/८१ को तिहारमा बढेर ४५ करोडको आयात भयो । तर आयात भएका सबै सामग्री बिक्री नभएको महासंघले जनाएको छ । अघिल्लो वर्षकै ४० प्रतिशत बत्ती बाँकी रहेकाले व्यापारीले चालु आर्थिक वर्षमा आयात घटाएर २५ करोडमा सीमित राखेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज