दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

काठमाडौं । दुग्ध किसानको अर्ब बढी बक्यौता भुक्तानी नभएर समस्या बल्झिएका बेला सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आसन्न चाडपर्वमा नेपालमै उत्पादित दूध तथा दुग्धजन्य पदार्थ, मह, अन्डा, मासु साथै फलफूल प्रयोग गर्न अपिल गरेका छन् ।

कृषिमन्त्री अधिकारीले तिहार तथा नेपाल संवत् नयाँ वर्ष तथा छठ पर्वको शुभकामना दिँदै यस्तो अपिल गरेका हुन् ।

‘तपाईंहरूको सानो सहयोगले कृषि पेसामा संलग्न हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूलाई ठूलो हौसला मिल्ने छ,’ मन्त्री अधिकारीले जारी गरेको शुभकामना सन्देशमा छ ।

मन्त्री अधिकारीका अनुसार रोजगारी र अवसरका लागि विदेशिने क्रममात्र चलेको छैन, देशमै केही हुन्छ र गर्नुपर्छ भन्ने सोच पनि बढ्दै गएको छ । त्यसकै मिहिनेत र पौरखका कारण नेपाल मासु, अन्डामात्र होइन, दूध तथा दुग्धजन्य पर्दाथमा बिस्तारै आत्मनिर्भर बन्दै गएको छ । तरकारी, फलफूल तथा अन्नबाली उत्पादन बढ्दै गएका छन् ।

‘तर, स्वदेशी उत्पादनहरूको उपभोग कम हुने तथा दूध, उखु सहितका किसानले महिनौंसम्म रकमका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था विद्यमान् छ । त्यसको अन्त्यका लागि दुग्ध विकास संस्थान ९डीडीसी० मा मौज्दात घिउसहित दूधबाट उत्पादित वस्तु बिक्री गर्नुपर्ने आवश्यकता छ भने निजी क्षेत्रबाट सञ्चालित डेरीहरूमा अहिले पनि दूधबाट उत्पादित वस्तु थन्किएका छन्,’ शुभकामना सन्देशमा छ, ‘मह, स्याउ सहित हाम्रा उत्पादन बजारको प्रतीक्षामा छन् भने अन्डा तथा मासुजन्य वस्तुको अवस्था पनि करिब उस्तै छ । जसले गर्दा किसानले समयमा भुक्तानी नपाउने मात्र होइन, स्वदेशी वस्तु प्रयोग कम हुँदा हाम्रा उत्पादन सडेर जाने र किसान पलायन हुने अवस्था आउन थालेको छ।’

स्वदेशी उत्पान खपत बढाउन सके उत्पादित वस्तु बिग्रिन नपाउने र किसानले भुक्तानीका लागि लामो समय पर्खनुपर्ने अवस्था अन्त्य हुने मन्त्री अधिकारीको भनाइ छ । दूध, घिउसहित स्वदेशमै उत्पादित वस्तु भरपुर उपयोग गर्न उनले अपिल गरेका छन् ।

त्यसैगरी खेतीयोग्य मध्ये १० लाख ३० हजार हेक्टर जमिन अहिले पनि बाँझो रहेको र दैनिक उपभोग्य वस्तुको ठूलो हिस्सा विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्यका लागि कृषि उपज उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अहिलेको आवश्यकता र प्राथमिकता भएको उनले बताए ।

‘त्यसका लागि किसानलाई सहज र समयमा मल, बीउ र बजारको उपलब्धता मात्र होइन, सहज लगानीको वातावरण बनाउन सक्नुपर्छ । त्यसले मात्र कृषि पेसामा युवालाई आकर्षण गर्न सकिन्छ । कामको खोजीमा विदेसिने क्रम रोकिने छ भने बाँझिएको जमिनमा खेती लाग्ने अवस्था बन्ने छ,’ मन्त्री अधिकारीको शुभकामना सन्देशमा छ, ‘ माग र आपूर्तिका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा निजी तथा सहकारीसँगको साझेदारीमा सामूहिक तथा व्यावसायिक खेती प्रोत्साहन गर्दै मुलुकलाई आधुनिक कृषि प्रणालीमा लैजान सकेमात्र देशभित्र आवश्यक पर्ने सबै अन्नबाली, तरकारी तथा फलफूलको आवश्यकता पूर्ति गर्न सकिन्छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज