समाचार

बिहीबारदेखि फिल्म साउथ एसिया

बिहीबारदेखि फिल्म साउथ एसिया

समाचार
काठमाडौँ | लघु फिल्म र वृत्तचित्रहरूको दक्षिण एसियाली मेला मानिने ‘फिल्म साउथ एसिया’ को चौधौं संस्करण यही बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ । आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा ४७ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका फिल्म तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा प्रदर्शन हुने वृत्तचित्र र लघु फिल्मले विभिन्न पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । महोत्सवका क्रममा वृत्तचित्र निर्माणलगायतका विषयमा छलफलसमेत हुने आयोजकले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भएर चर्चा बटुलिसकेको पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित ‘देवी’ वृत्तचित्रको पनि विशेष प्रदर्शनी हुने आयोजक संस्थाले जनाएको छ । त्यस्तै महोत्सवअन्तर्गत निर्देशनसम्बन्धी एक कार्यशाला पनि हुनेछ । कार्यशालामा भारतका चर्चित निर्देश...
‘पिरतीले सल्काइदेउ’ सार्वजनिक

‘पिरतीले सल्काइदेउ’ सार्वजनिक

समाचार
काठमाडौँ | कृष्ण भटराई र नितु पौडेलको स्वरमा रहेको गीत ‘पिरतीले सल्काइदेउ’ सार्वजनिक भएको छ । लोक राईको शब्द र बाबुल गिरीको संगीत एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सविनकुमार तोलांगीको निर्देशनमा रहेको रोमान्टिक गीतको भिडियोमा साया भण्डारी, अनुराग थपलिया, प्रिन्स युवराज कार्की र रानु कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोमा करण सिंह चैसिरको छायांकन, सन्देश वि.कको कोरियोग्राफी, पदम सुवेदीको सम्पादन छ । भिडियोको कार्यकारी निर्माता शिवराज कार्की हुनुहुन्छ भने प्रिन्सयुवराज र रानु कार्की निर्माता रहनुभएको छ । कमलप्रसाद शर्माको निर्माण संयोजन रहेको यो गीतको भिडियोमा भुवन श्रेष्ठ व्यवस्थापकमा हुनुहुन्छ । भिडियो तपस्या युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
माजोङलाई चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड

माजोङलाई चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड

मनोरञ्जन, समाचार
काठमाडौँ | काठमाडौंको सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ । गत शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजित १९औं टुरिज्म, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड समारोहमा माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठले उक्त अवार्ड लिए  । सोही अवार्डबाट माजोङ सन् २०१९, २०२२ र २०२३ मा सम्मानित भइसकेको थियो । सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट समेत माजोङ सम्मानित भएको जनाइएको छ । उक्त अवार्डहरू ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीलाई आन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने गरिएको जनाइएको छ ।...
अफगानिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० गोलले विजयी

अफगानिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० गोलले विजयी

खेलकुद, समाचार
काठमाण्डौ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अब नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।...
देउवा दम्पती उग्रतारा मेलामा

देउवा दम्पती उग्रतारा मेलामा

Breaking News 2, धर्म संस्कृति, समाचार
काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो । मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास स...
युरो र पाउन्ड बढ्दा हङकङ डलरको स्थिर, यस्तो छ आजको विनिमय दर

युरो र पाउन्ड बढ्दा हङकङ डलरको स्थिर, यस्तो छ आजको विनिमय दर

अर्थ, समाचार
काठमाडौं । आज २०८१ मंसिर ०२, नोभेम्बर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा युरो र पाउन्डको भाउ बढेको छ भने हङकङ डलरको स्थिर रहेको छ । आज युरो १ को खरिद दर १४२.५१ रुपियाँ र बिक्री दर १४३.१५ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १४१.६१ रुपियाँ र बिक्री १४२.२४ रुपियाँ थियो । त्यसैगरी शुक्रबार पाउन्ड १ को खरिद मूल्य १७०.३० रुपियाँ र बिक्री मूल्य १७१.०६ रुपियाँ रहेकामा यसदिन बढेर खरिद १७०.८७ रुपियाँ र बिक्री १७१.६३ रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । साथै, आज हङकङ डलर १ बराबर खरिद १७.३१ रुपियाँ र बिक्री १७.३९ रुपियाँ रहेकामा शुक्रबार पनि सोही दर कायम थियो ।...
उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ | स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। उमेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिइन्। मंसिर ३ गते बिहान १० द...
आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

समाचार
काठमाडौँ | देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसमसफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना भएको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर प...
‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ का लागि ३० मोडल

‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ का लागि ३० मोडल

मनोरञ्जन, समाचार
काठमाडौं । बलिउड अभिनेत्री उर्वसी रौटेलाले शोईस टपरको रुपमा क्याटवाक गर्ने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । काठमाडौंको एक होटलमा गरिएको अडिसनमा २०० जना भन्दा बाढी मोडलबाट ६ पुरुष र २४ महिलासहित ३० मोडल चयन भएका हुन् । यो प्रतियोगिताको लागि मोफसलबाट पनि अडिसन दिन काठमाडौं आएका थिए । चयन भएकाहरुलाई प्रशिक्षण दिन थालिएको छ । यस अघि सफल रुपमा तीन सिजनसम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । विगतको भन्दा अझ यसपटकको शोलाई राम्रो बनाउने आयोजक पक्षको दाबी छ । आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले यो प्रतियोगिताको विजेताले अष्टे«लियामा आयोजना हुने अन्तराष्ट्रिय फेशन शोमा नेपालका प्रतिनिधित्व गर्दै भाग लिने पनि जनाएका छन्,‘कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहने शोका उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलिया...
युट्युबका कन्टेन्ट क्रियटरले अब आफ्नै शैलीमा एआईमार्फत गीत रिमिक्स गर्न सक्ने

युट्युबका कन्टेन्ट क्रियटरले अब आफ्नै शैलीमा एआईमार्फत गीत रिमिक्स गर्न सक्ने

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ । क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो । हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ उपलब्ध भइसकेको छ । क्रियटरले यस फिचरमार्फत ३० सेकेन्डसम्मका अडिओ क्लिप बनाउन सक्नेछन् । अर्थात् यस फिचरले पहिल्यै आएका गीत (म्युजिक)हरूलाई क्रियटरको इच्छा अनुसार नयाँ शैलीमा परिवर्तन गरिदिनेछ । यस फिचरमा क्रियटरले कुनै गीतको मुड वा विधा परिवर्तन गर्न चाहिने निर्देशन (प्रम्प्ट) राख्नुपर्छ । त्यसपछि 'ड्रिम ट्र्याक' नामको एआई सिस्टमले ३० सेकेन्डको रिमिक्स क्लिप तयार गर्नेछ । त्यसरी बनाइएका ट्र्याकमा वास्तविक ट्र्याकको पनि जानकारी हुनेछ । जसलाई क्रियटरले आफ्नो युट्युब शर्ट्समा प्रयोग गर्न सक्नेछन् । क्रियटरले यो फिचर युट्युब स्टुडिओ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज