बिहीबारदेखि फिल्म साउथ एसिया

काठमाडौँ | लघु फिल्म र वृत्तचित्रहरूको दक्षिण एसियाली मेला मानिने ‘फिल्म साउथ एसिया’ को चौधौं संस्करण यही बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ । आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा ४७ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका फिल्म तथा वृत्तचित्र प्रदर्शन हुनेछन् ।

महोत्सवमा प्रदर्शन हुने वृत्तचित्र र लघु फिल्मले विभिन्न पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । महोत्सवका क्रममा वृत्तचित्र निर्माणलगायतका विषयमा छलफलसमेत हुने आयोजकले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भएर चर्चा बटुलिसकेको पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित ‘देवी’ वृत्तचित्रको पनि विशेष प्रदर्शनी हुने आयोजक संस्थाले जनाएको छ । त्यस्तै महोत्सवअन्तर्गत निर्देशनसम्बन्धी एक कार्यशाला पनि हुनेछ । कार्यशालामा भारतका चर्चित निर्देशक कविर खान प्रमुख अतिथि रहने जनाइएको छ ।

पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रलाई ‘ट्राभलिङ फिल्म साउथ एसिया’ को नामबाट दक्षिण एसिया र विश्वका विभिन्न सहरमा पनि प्रदर्शन गरिनेछ । सन् १९९७ मा सुरु भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने दक्षिण एसियाली विषयका वृत्तचित्रहरू प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज