काठमाडौँ | काठमाडौंको सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ । गत शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजित १९औं टुरिज्म, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड समारोहमा माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठले उक्त अवार्ड लिए । सोही अवार्डबाट माजोङ सन् २०१९, २०२२ र २०२३ मा सम्मानित भइसकेको थियो । सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट समेत माजोङ सम्मानित भएको जनाइएको छ ।
उक्त अवार्डहरू ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीलाई आन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने गरिएको जनाइएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।