‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ का लागि ३० मोडल

काठमाडौं । बलिउड अभिनेत्री उर्वसी रौटेलाले शोईस टपरको रुपमा क्याटवाक गर्ने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । काठमाडौंको एक होटलमा गरिएको अडिसनमा २०० जना भन्दा बाढी मोडलबाट ६ पुरुष र २४ महिलासहित ३० मोडल चयन भएका हुन् । यो प्रतियोगिताको लागि मोफसलबाट पनि अडिसन दिन काठमाडौं आएका थिए । चयन भएकाहरुलाई प्रशिक्षण दिन थालिएको छ ।

यस अघि सफल रुपमा तीन सिजनसम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । विगतको भन्दा अझ यसपटकको शोलाई राम्रो बनाउने आयोजक पक्षको दाबी छ ।

आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले यो प्रतियोगिताको विजेताले अष्टे«लियामा आयोजना हुने अन्तराष्ट्रिय फेशन शोमा नेपालका प्रतिनिधित्व गर्दै भाग लिने पनि जनाएका छन्,‘कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहने शोका उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।’ यो कार्यक्रमका नेपाली मोडल तथा डिजाईनरलाई अन्तराष्ट्रिय मोडलिङ तथा फेशन शोमा पठाउँदै आएको पनि आचार्यले बताएका छन् ।

मोडल छनौट चरणको निर्णायकमा डा. उदीप श्रेष्ठ (सिइयो संस्थापक हेल्दी च्वाइस एस्थेटिक्स अस्पताल), युवराज श्रेष्ठ (अध्यक्ष प्लाजा समुह), सुस्मा कार्की (संस्थापक केक्षुस्कालोजी)रमिला नेमकुम (संस्थापक कासा), दीपक ज्ञवाली (संस्थापक ग्ल्याम नेपाल इन्टरनेशनल) रहेका थिए ।

आयोजक हेल्दी च्वाइस प्रयोजक रहेको फेसन शो ग्ल्याम नेपाल इन्टरनेशनल २०२४का मोडलहरुलाई १ पुषमा ¥याम्पमा उतार्ने भएको छ । शोमा शोटपरको रुपमा सहभागी हुन बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने पक्का भईसकेको पनि आचार्यले जानकारी गराएका छन् ।

नेपालका उत्कृष्ट डिजाइनरहरुले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरु फेसन शोमा बिभिन्न सिक्वेलमा यो फेशन शोमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको ’boutमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको पनि आचार्यले राजधानीलाई बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज