काठमाडौँ | कृष्ण भटराई र नितु पौडेलको स्वरमा रहेको गीत ‘पिरतीले सल्काइदेउ’ सार्वजनिक भएको छ । लोक राईको शब्द र बाबुल गिरीको संगीत एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सविनकुमार तोलांगीको निर्देशनमा रहेको रोमान्टिक गीतको भिडियोमा साया भण्डारी, अनुराग थपलिया, प्रिन्स युवराज कार्की र रानु कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोमा करण सिंह चैसिरको छायांकन, सन्देश वि.कको कोरियोग्राफी, पदम सुवेदीको सम्पादन छ । भिडियोको कार्यकारी निर्माता शिवराज कार्की हुनुहुन्छ भने प्रिन्सयुवराज र रानु कार्की निर्माता रहनुभएको छ ।
कमलप्रसाद शर्माको निर्माण संयोजन रहेको यो गीतको भिडियोमा भुवन श्रेष्ठ व्यवस्थापकमा हुनुहुन्छ । भिडियो तपस्या युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।