युट्युबका कन्टेन्ट क्रियटरले अब आफ्नै शैलीमा एआईमार्फत गीत रिमिक्स गर्न सक्ने

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ । क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो ।

हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ उपलब्ध भइसकेको छ । क्रियटरले यस फिचरमार्फत ३० सेकेन्डसम्मका अडिओ क्लिप बनाउन सक्नेछन् । अर्थात् यस फिचरले पहिल्यै आएका गीत (म्युजिक)हरूलाई क्रियटरको इच्छा अनुसार नयाँ शैलीमा परिवर्तन गरिदिनेछ ।

यस फिचरमा क्रियटरले कुनै गीतको मुड वा विधा परिवर्तन गर्न चाहिने निर्देशन (प्रम्प्ट) राख्नुपर्छ । त्यसपछि ‘ड्रिम ट्र्याक’ नामको एआई सिस्टमले ३० सेकेन्डको रिमिक्स क्लिप तयार गर्नेछ । त्यसरी बनाइएका ट्र्याकमा वास्तविक ट्र्याकको पनि जानकारी हुनेछ । जसलाई क्रियटरले आफ्नो युट्युब शर्ट्समा प्रयोग गर्न सक्नेछन् ।

क्रियटरले यो फिचर युट्युब स्टुडिओभित्र गएर ‘रिस्टाइल अ ट्य्राक’ विकल्प मार्फत प्रयोग गर्न सक्नेछन् । गत वर्ष युट्युबले चार्ली पुथ, चार्ली एक्सिएक्स, डेमी लोभाटो, जोन लेजेन्ड, सिया, टी-पेन, ट्रोय सिभान जस्ता कलाकारहरूको स्वर प्रयोग गरी एआई-सिर्जित गीतहरू तयार गर्ने फिचर ल्याएको थियो । त्यस फिचर पनि केही क्रियटरहरूमा मात्र सीमित छ । यी फिचर सबैका लागि कहिलेदेखि उपलब्ध हुन्छ भनेर युट्युबले जानकारी दिएको छैन ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज