समाचार

नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब

नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब

Breaking News 2, राजनीति, समाचार
नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब दिइरहेका छन्। तर, नविल बैंकसम्बन्धी मुद्दा राष्ट्र बैंकमा विचाराधीन भएकाले प्रधानमन्त्री ओलीले ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै अस्वीकार गरेका छन्। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तीन दिनअगाडि राजीनामा दिएका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गर्भनर बनाउन केही कांग्रेस नेताहरुले दबाब बढाएपछि गभर्नर नियुक्तिको विषय नयाँ मोडमा पुगेको छ । विशेष गरी परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेताहरू ढुंगानाको पक्षमा भए पनि प्रधानमन्त्रीले अन्य योग्य व्यक्तिको खोजी गर्न आग्रह गरेका छन्। ढुंगानाले गभर्नर बन्न कांग्रेस नेताहरूको सक्रिय समर्थन पाए पनि उनको बैंकसँगको सम्बन्धले विवाद सिर्जना गरेको छ। नविल बैंकको स्वामित्वसम्बन्धी मुद्दा र लाभांश विदेश लैजाने विषय राष्ट्र बैंकमा छलफलमै रहेकाले, ढुंगानाको नियुक्ति विव...
रत्ननगरका लामिछानेलाई सम्पादन विधामा अन्तर्राष्ट्रिय अवार्ड

रत्ननगरका लामिछानेलाई सम्पादन विधामा अन्तर्राष्ट्रिय अवार्ड

बागमती, मनोरञ्जन, समाचार
रत्ननगर । चितवनको रत्ननगरका पुजन लामिछानेले भिडियो सम्पादन विधामा अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल भएका छन् । वुमेन्स इरा एण्ड मिडिया ग्रुपले उनलाई सम्पादन विधामा उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरेको हो । सञ्चारकर्मी समेत रहेका लामिछाने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको लागि मनोनयनमा परेका थिए । थाइल्याण्डको राजधानी बैंककमा मंगलबार सम्पन्न भब्य समारोहका बीच लामिछानेलाई अवार्ड प्रदान गरिएको हो । लामिछाने दसैँ आयो’ गीतबाट भिडियो सम्पादनको उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् । भाषा, साहित्य, कला, संस्कृतिका सर्जकको सम्मान ः हाम्रो एक अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौँ संस्करणको अवार्डमा विभिन्न विधालाई समावेश गरिएको थियो । अवार्डमा आधुनिक पप लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको जनाइएको छ । लामिछाने चितवनमा रहेर भिडियो सम्पादनमात्रै नभई मोडलिङ र अभिनयमा पनि उत्त...
सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

समाचार
गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गरेको छ। सात जिल्लाका सिडियो सहित गृहका १३ अधिकारीहरूको सरुवा भएको हो।
बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

ताजा अपडेट, समाचार
बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका ६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको हो । पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए । पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।...
कांग्रेसद्वारा मिसन रोजगारी अभियान घोषणा

कांग्रेसद्वारा मिसन रोजगारी अभियान घोषणा

राजनीति, समाचार
नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ। विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रूपमा ‘हामी सक्छौं’ भन्ने मूलनारासहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो। केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको संयुक्त रूपमा घोषणा गरे। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। थापाले भने, ‘मुलुकभित्र रोजगारी सिर्जना गर्न नीतिगत तहदेखि व्यावहारिक रूपमा पहल गर्छौं।’ श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ। विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए। युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सिर्जना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘ श्...
कारागारका कैदीबन्दी आयआर्जनमा

कारागारका कैदीबन्दी आयआर्जनमा

Breaking News 1, अर्थ, बागमती, समाचार
चितवन। जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् । उनीहरूले मासिक रु सातदेखि १५ हजारसम्म कमाउने गरेका छन् । कारागारमा कैदी जीवन बिताइरहनुभएका सानु चेपाङले भने, “मैले गलैँचा ब...
तेस्रो खैरहनी महोत्सवको आयव्यय सार्वजनिक

तेस्रो खैरहनी महोत्सवको आयव्यय सार्वजनिक

अर्थ, ताजा अपडेट, बागमती, समाचार
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आयोजित तेस्रो खैरहनी महोत्सवको शुक्रबार आयव्यय सार्वजनिक गरिएको छ । खैरहनी उद्योग बाणिज्य संघले पौष ५ गते देखि १६ गते सम्म आयोजना गरेको उक्त महोत्सवको पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको हो । महोत्सवमा ३५ लाख ७० हजार ९९४ आम्दानी भएकोमा ३३ लाख ६९ हजार ६१० खर्च कटाएर २ लाख १ हजार ३८४ रुपैया नाफा भएको संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । विशेष गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दी र त्यसले पारेको नकारात्मक असरलाई चिर्दै आशाको किरण जगाउन तथा उद्योग व्यापारको सम्भावनालाई जागृत गराई राष्ट्रलाई नै आर्थिक रुपमा टेवा पु¥याउन महोत्सवले बलियो सेतुको भूमिका खेलेको छ । यस पटक महोत्सवलाई केवल प्रदर्शनी र मनोरञ्जनमा मात्र सीमित नराखी व्यवसायिक सम्भावना र चुनौतीको खोज हुने गरी आयोजना गर्दै क्षेत्रगत विचार गोष्ठी, अन्तरक्रिया समेत ग...
युवाहरू निरास हुनुपर्दैन, देश विकास हुँदैछ प्रधानमन्त्री

युवाहरू निरास हुनुपर्दैन, देश विकास हुँदैछ प्रधानमन्त्री

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निरास हुनुनपर्ने बताएका छन्। जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए। उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्ने बताए। ुखान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ। पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ। तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन। आफैं तिरेर उच्च शिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ,ु प्रधानमन्त्री ओलीले भने। निजी विद्यालयलाई गुठीम...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै

राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन्। अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले गत केन्द्रीय समिति बैठकबाट स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय भएको जानकारी दिए। यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको बताए। पार्टीको जनतासँग माओवादी तराई मधेश जागरण अभियानको क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै प्रचण्डले अभियान निकै प्रभावकारी बनेको दाबी गरे। हिजोदेखि सामन्ती राज्यले ...
परराष्ट्रमन्त्री र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

परराष्ट्रमन्त्री र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

Breaking News 1, समाचार
परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका मन्त्री राणाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन्। भेटका अवसरमा परराष्ट्रमन्त्री देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहिआएको बताइन्। उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरिन्। मन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज