नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब दिइरहेका छन्। तर, नविल बैंकसम्बन्धी मुद्दा राष्ट्र बैंकमा विचाराधीन भएकाले प्रधानमन्त्री ओलीले ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै अस्वीकार गरेका छन्। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तीन दिनअगाडि राजीनामा दिएका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गर्भनर बनाउन केही कांग्रेस नेताहरुले दबाब बढाएपछि गभर्नर नियुक्तिको विषय नयाँ मोडमा पुगेको छ
। विशेष गरी परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेताहरू ढुंगानाको पक्षमा भए पनि प्रधानमन्त्रीले अन्य योग्य व्यक्तिको खोजी गर्न आग्रह गरेका छन्। ढुंगानाले गभर्नर बन्न कांग्रेस नेताहरूको सक्रिय समर्थन पाए पनि उनको बैंकसँगको सम्बन्धले विवाद सिर्जना गरेको छ। नविल बैंकको स्वामित्वसम्बन्धी मुद्दा र लाभांश विदेश लैजाने विषय राष्ट्र बैंकमा छलफलमै रहेकाले, ढुंगानाको नियुक्ति विवादास्पद बन्ने आशंका गरिएको छ। कांग्रेस नेताहरूको जोडबलबीच प्रधानमन्त्री ढुंगानाको सट्टा अन्य उपयुक्त विकल्प खोज्न इच्छुक देखिएका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।