कांग्रेसद्वारा मिसन रोजगारी अभियान घोषणा

नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ। विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रूपमा ‘हामी सक्छौं’ भन्ने मूलनारासहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो।
केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको संयुक्त रूपमा घोषणा गरे। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। थापाले भने, ‘मुलुकभित्र रोजगारी सिर्जना गर्न नीतिगत तहदेखि व्यावहारिक रूपमा पहल गर्छौं।’
श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ। विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए। युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सिर्जना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘ श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ। कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षाअनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं।’ नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशतबिना सीपको न्यूनस्तरको श्रमशक्ति रहेको बताए।
नेपालमा हाइड्रोपावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन्। नेपालीले काम पाएन भनिरहेका छौं तर किन काम पाएन भन्ने कुरा यस्तो छ,’ थापाले भने, ‘चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको हिसाबमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ। किन यस्तो भयो होला त रु श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ। तह एकको भनेको सबैभन्दा तल्लो किसिमको सीप भनेको हो।’ थापाले श्रम बजारमा मान्छे भए पनि चाहिएको सीपअनुसारको मान्छे नभएको बताए।

कांग्रेसद्वारा आइतबार औपचारिक रूपमा ‘हामी सक्छौं’ भन्ने मूलनारासहित ‘मिसन रोजगारी’ अभियान सुरु
नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिनासीपका न्यूनस्तरका श्रमशक्ति
‘श्रम बजारमा मान्छे छ। कसैले उद्योग खोल्यो। उसलाई श्रमिक चाहिएको छ। सीप दिने अर्कैतिर छ। जुन सीप चाहिएको हो त्यो आइरहेको छैन। फेरि बाहिर विदेश को बजारले सीप ९स्किल० नभएको मान्छे चाहिएको छ।’ थापाले भने, ‘हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौं किन गयो भनेर खोजी गर्दैनौं। उसँग उमेर छ, श्रमशक्ति छ तर सीप छैन। हाम्रोमा स्किल भएको कामको मात्र रोजगारीको सिर्जना भएको देखिन्छ कतिपय सन्दर्भमा। कृषि क्षेत्रमा भएको श्रमशक्ति ८५ प्रतिशत तह एकको छ।’

कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरूको पनि सहभागिता रहेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेन्डा बनेको बताए। ‘विगतमा पनि काम भइरहेको थियो। अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउछौं।’

रोजगारी सिर्जना र उद्यमशीलतालाई सँगसँगै अघि बढाउने शर्माले बताए। कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ। ​​​​​​​अभियानअन्तर्गत रोजगारी सिर्जनाका लागि नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिका, राजनीतिक दलहरूसँग समन्वय गरेर सामूहिक एजेन्डा बनाउनेलगायतका काम गर्ने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रमिष प्रसाईंले बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उ...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज