युवाहरू निरास हुनुपर्दैन, देश विकास हुँदैछ प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निरास हुनुनपर्ने बताएका छन्।

जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए।

उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्ने बताए। ुखान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ। पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ। तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन। आफैं तिरेर उच्च शिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ,ु प्रधानमन्त्री ओलीले भने। निजी विद्यालयलाई गुठीमा लैजानुपर्ने भन्दै उनले शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको बताए।

प्रधानमन्त्री ओलीले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए। आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारीरूपमा काम हुन नसकेको बताए।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रमिष प्रसाईंले बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उ...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज