बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका ६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको हो ।
पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए ।
पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।