Advertisement

Day: २५ जेष्ठ २०८२, शनिबार

अभिभावकलक्षित लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना

अभिभावकलक्षित लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना

Breaking News 2, बागमती, समाचार, स्वास्थ्य
रत्ननगर । किशोरकिशोरी अवस्थामा लागूपदार्थ दुर्व्यसनको असर र नियन्त्रणमा अभिभावकको दायित्वसम्बन्धी सचेतना कार्यक्रम रत्ननगर–९ मा सम्पन्न भएको छ । लागूऔषध प्रयोगकर्ता बढिरहेको बेला रत्ननगर–९ स्थित कपरफोरी माविमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि लागूऔषध दुर्व्यसनीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले बताए । वडा कार्यालयको आयोजना र इलाका प्रहरी कार्यालयको विशेष सहयोगमा भएको कार्यक्रमका प्रशिक्षकले लागूऔषध दुव्र्यसन र यसका असर, समाजमा पार्न सक्ने नकारात्मक प्रभावका बारेमा प्रहरी वरिष्ठ नायब निरीक्षक गोविन्द परियारले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष अनन्त अधिकारीले समाजमा दिन प्रतिदिन लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएकोले अभिभावक र युवा पुस्ताले नै सचेत गराएर मात्र यसलाई निर्मूल पार्न सकिने बताए । कार्यक्रममा अभ...
रत्ननगर उवासंघमा दुई छुट्टा छुट्टै तालिमको समापन

रत्ननगर उवासंघमा दुई छुट्टा छुट्टै तालिमको समापन

Breaking News 1, समाचार, स्वास्थ्य
रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको दुई छुट्टा छुट्टै तालिमको शनिबार सकिएको छ । सीप विकास मार्फत महिलाहरुलाई उद्यमी बनाउन आयोजना गरिएको उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन र बुके, माला, फुल सजावट तालिम शनिबार सकिएको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठकले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिलाहरुलाई उद्यमी बनाउन स्थानीय सरकारको सहयोगमा बुके,माला, फुल सजावट तालिम र उद्यमी महिलाहरुको नेतृत्व विकासका लागि उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । ...
कालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको दोस्रो पालिका

कालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको दोस्रो पालिका

Breaking News 1, बागमती, समाचार, स्वास्थ्य
सञ्जय चौधरी, रत्ननगर जेठ २४ । चितवनको कालिका नगरपालिका १६ महिना देखि माथि र ५ वर्ष मुनिका सबै बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने जिल्लाको दोस्रो पालिका बनेको छ । घोषणा गर्नेमा पहिलो नम्बरमा माडी नगरपालिका हो । नेपाल सरकारले उपलब्ध गराएको ९ वटा पूर्ण खोप सबै बालबालिकाहरूले लाउनुपर्ने, सम्पूर्ण खोप समयमै लगाएको भन्दै शनिवार एक समारोहका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । आजै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्ला जनस्वास्थ्य क...
महेश चौधरीको पागल बनायो गीतको म्युजिक भिडियो सार्वजनिक

महेश चौधरीको पागल बनायो गीतको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन
गायक महेश चौधरीको पागल बनायो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश चौधरीको महेश अफिसिएल युट्युब च्यानल बाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । महेश चौधरीको स्वर रहेको गीतको रचनाकार इर्साद अंसारी र संगीतकार महेश चौधरी हुन् । म्युजिक भिडियोमा प्रेम चौधरी, हिना चौधरी ,सुखी चौधरी र अन्य कलाकारको अभिनय रहेको छ । मेघनाथ चौधरीले छायांकन गरिएको सो म्युजिक भिडियो लाई सम्पादन किशोर चौधरीले गरेका छन्। संगीता र सुखी चौधरीले निमार्ण गरेको सो म्युजिक भिडियो , निर्देशन किशोर चौधरीले गरेका हुन् । https://youtu.be/8GdSUOk7B1w?si=R1rZTGHxeGF9X6qj...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज