Advertisement

Day: २ फाल्गुन २०८१, शुक्रबार

फेवा किनारमा महायज्ञ रोक्न माग गर्दै उच्च अदालतमा रिट

फेवा किनारमा महायज्ञ रोक्न माग गर्दै उच्च अदालतमा रिट

Breaking News 2, गण्डकी, समाचार
पोखरा | फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । अधिवक्ता भगवती पहारी, मिनाकुमारी रानाभाट र गीता आचार्यले शुक्रबार दायर गरेको रिटमा कोटीहोमले फेवातालको प्राकृतिक संरचना, पर्यावरणीय सन्तुलन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने भन्दै तत्काल रोक्न माग गरिएको छ । सिमसार क्षेत्र र फेवातालको ६५ मिटर मापदण्डभित्रै गरिने कोटीहोमले तालको प्राकृतिक स्वरूप परिवर्तन गर्ने र जैविक विविधतामा नकारात्मक असर पार्ने भएकाले रोक्नुपर्ने माग रिट निवेदनमा गरिएको छ । सर्वोच्च अदालतले फेवाताल क्षेत्रको संरक्षणसम्बन्धी अघिल्लो फैसलाले तालको मापदण्डभित्र कुनै पनि अनधिकृत संरचना निर्माण रोक्न निर्देशन दिएकाले यसलाई कायम राख्नुपर्ने भनिएको छ । सर्वोच्च अदालतको २०७५ वैशाख १६ गतेको फैसलाले स्पष्ट रूपमा फेवातालको किनाराबाट ६५ मिटर भित्र...
सेना दिवसको अवसरमा आयोजित अन्तर सदस्यीय  गल्फ प्रतियोगिता सम्पन्न

सेना दिवसको अवसरमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिता सम्पन्न

Breaking News 2, खेलकुद, समाचार
काठमाडौँ। गौचरस्थित रोयल नेपाल गल्फ क्लबमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । सेना दिवस-२०८१ को अवसरमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिताको शुक्रवार प्रधान सेनापति अशोक राज सिग्देलले समापन गरेका हुन्। कार्यक्रममा प्रधान सेनापति  सिग्देलले प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्‍याउने चिफ मार्सल तथा मार्सलहरूलाई मायाको चिनो र विजेता खेलाडीहरूलाई ट्रफी प्रदान गरे  । कार्यक्रममा पूर्व प्रधान सेनापतिहरू, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो । यी हुन्  विभिन्न आठ विधाका गल्फ प्रतियोगिताका विजयी खेलाडीहरू (क)   क्लोजेस्ट टु दि पिन तर्फ: उपरथी सुदर्शन सिल्वाल (ख)   मोस्ट बडिज तर्फ: प्रमुख सेनानी दिनेश बानिया क्षेत्र (ग)   लङ्‍गेस्ट ड्राइभ तर्फ: सेनानी आदित्य प्रताप सिंह (घ)   सिनियर तर्फ: उपरथी नर...
कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ। सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ। त्यसैगरी, कोशीले ५० दशमलव नौ, बागमतीले ४५ दशमलव छ, कर्णालीले ४१ दशमलव छ, गण्डकीले ४० दशमलव आठ र लुम्बिनीले ३५ दशमलव नौ अङ्क प्राप्त गरेको छ। कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३० अङ्कमात्र पाएको छ। आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिएको हो। जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज