Advertisement

ताजा अपडेट

फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउदै

फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फेन्टिनो नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण एसियाली देशहरुको भ्रमणको दौरान फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउने भएका हुन् । इन्फेन्टिनो असोज २० गते नेपाल आउने तयारी भएका अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए । फिफा अध्यक्ष नेपाल आउने पक्का भएको छ । दक्षिण एसियाली देशको भ्रमणको दौरान उहाँ नेपाल पनि आउनुहुनेछ ।’ ती पदाधिकारीले भने । इन्फेन्टिनो दुई दिने भ्रमणको क्रममा नेपाल आउनेछन् । २० गते नेपाल आएर २१ गते फर्कनेछन् । इन्फेन्टिनोको नेपाल भ्रमणको अन्य तालिका टुङ्गो लागिसकेको छैन । तर इन्फेन्टिनोको नेपाल भ्रमण अघि उनको टिमले नेपाल आएर भ्रमणको तालिका र अन्य विषयको टुङ्गो लगाउने एन्फा पदाधिकारीले बताएका छन् ।...
१ सय ४५ केजी गाँजा बरामद साथै कार छाडी फरार

१ सय ४५ केजी गाँजा बरामद साथै कार छाडी फरार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, पर्सा, समाचार
पर्सा | विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट सशस्त्र प्रहरीले आइतबार १ सय ४५ केजी गाँजा बरामद गरेको छ । सोही गाउँपालिका –४ मधवलबाट ईटियाहीतर्फ जाँदै गरेको बा।१५ च। ७९५६ नम्बरको कारमा सवार व्यक्तिहरूले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै कार छाडी फरार भएका थिए । बीओपी अमरपट्टीले कारमा चेकजाँच गर्दा गाडीको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध १५ पोका गाँजा फेला पारेको हो । बरामद गाँजा तथा कार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।  ...
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीलाई जिप्रका कास्की पुर्‍याइयो

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीलाई जिप्रका कास्की पुर्‍याइयो

Breaking News 2, कास्की, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
कास्की । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको छ । काठमाडौंबाट पक्राउ परेका छबिलाललाई हवाइजहाजबाट पोखरा ल्याइएको हो । सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जोशीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । गत माघमा जोशीको शंखमूलस्थित घरबाट प्रहरीले छापा मारी पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको थियो । यद्यपि जोशीले आफू सहकारीको रकम अपचलनमा संलग्न नहरेको दाबी गर्दै आउनु भएको थियो । जोशीको घरमा सहकारीको रकम ठगी आरोपमा फरार रहेका जीबी राईको नेचर हर्ब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो । त्यहीँबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ...
रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं | कप्तान रोहित पौडेल रन आउट र अनिल शाह क्याच भएसँगै नेपाल आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध सुरुवातमै संकटमा परेकोछ । किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरमा ५ विकेट गुमाउँदै ३६ रन बनाएको छ । रोहित ११ औं ओभरको दोस्रो बलमा ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए । मिडअनमा सट खेल्दै एक रनका लागि दौडिए पनि ननस्टाइकमा आरिफ शेख थोरै अघि बढेर फर्केपछि दुबै ब्याटर एउटै एण्डमा भएका थिए । जसको कारण विकेटकिपर श्रेयस मोभ्भाले रन आउट गरेका थिए । अनिल साह प्रविन कुमारको १२ औं ओभरको अन्तिम बलमा हर्ष ठाकेरबाट १ रनमा क्याच आउट भएपछि नेपाल ३६( ५ ) को अवस्थामा पुगेको छ । त्यसअघि नेपालका शीर्ष तीन ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर आसिफ शेख २, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए ।...
१० दिने भ्रमणका लागि शनिबार चीन गएको रास्वपाको टोली सोमबारै फर्किने

१० दिने भ्रमणका लागि शनिबार चीन गएको रास्वपाको टोली सोमबारै फर्किने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ । विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । ‘पार्टीले निर्देशन दिएको होइन, उहाँहरु यहाँको राजनीतिक अवस्थाले फर्कन लाग्नु भएको हो,’ कार्कीले भने । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष...
रुपन्देहीमा समूहीक बलात्कारका आरोपीहरु पक्राउ

रुपन्देहीमा समूहीक बलात्कारका आरोपीहरु पक्राउ

Breaking News 1, ताजा अपडेट, रूपन्देही
काठमाडौं । जबरजस्ती करणीको आरोपमा रूपन्देही प्रहरीले चार जना भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । असोज ३ गते भैरहवामा रहेको होटल अरोमामा भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षकी युवतीलाई उनकै साथीहरूले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित युवतीले दिएको जाहेरीका आधारमा गत बिहीबार नै होटलबाटै पक्राउ परेका आरोपीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका ३१ वर्षीय अत्तर खान, सोही ठाउँका ३७ वर्षीय अफरोज समी, २७ वर्षका सालु खान र गोरखपुर जिल्लाका २७ वर्षका बब्लु खान रहेका छन् । त्यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिकाका २५ वर्षका अकबर खान र ३२ वर्षका साहरुख तेलीलाई समेत पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उनीहरूलाई शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पेश गरी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । ...
अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

खेलकुद, ताजा अपडेट, समाचार
चितवन। ओपनर ट्राभिस हेड १५४ को शतकको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ। हेडलाई मार्नस लाबुसेनले नि राम्रो साथ दिएका थिए। यसअघि इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। इङ्ल्यान्डका लागि बेन डकेटले ९१ बलमा ९५ रन बनाए भने विल ज्याकले ६२ रन बनाए। मिडिल अर्डरमा ह्यारी ब्रुक, जेमी स्मिथ र लिभिङस्टनले ठूलो स्कोर बनाउन सकेनन्। तर बेथलले ३४ बलमा ३५ रन बनाउँदै इङ्ल्यान्डलाई ३१५ रनमा समेटेका थिए। जवाफमा मैदान उत्रेको अस्ट्रेलियालाई ट्राभिस हेडले बलियो सुरुवात दिलाएका थिए। एडम स्मिथ र क्यामरुन ग्रिनले पनि ३२–३२ रन जोडे। अन्तिममा लाबुसेन ७७ ले अर्धशतकीय इनिङ्स खेल्दै टिमलाई ४४ ओभरमा जित दिलाए।  ...
सरकारले दियो विदेशी मुद्रा सटही, खुल्लान् त विदेशी च्यानल 

सरकारले दियो विदेशी मुद्रा सटही, खुल्लान् त विदेशी च्यानल 

Breaking News 1, अर्थ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौँ | नेपालका टेलिभिजन सेवा प्रदायकले भारतीय प्रसारकलाई बुझाउन बाँकी बक्यौताका लागि सरकारले विदेशी मुद्रा सटही सिफारिस दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन च्यानलमा आला कार्टा मूल्य प्रणाली हुनुअघिको अवधिका लागि विदेशी मुद्रा सटही प्रक्रिया अगाडि बढाउन सूचना तथा प्रसारण विभागलाई निर्देशन दिएको जनाइएको छ । यसले हाल बन्द अवस्थामा रहेका (पाइरेसीमार्फत चलिरहेका) विदेशी च्यानल खुलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयले ०७९ चैत १५ मा टेलिभिजन शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन आला कार्टा प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर भारतीय च्यानलहरूको छाता संगठन इन्डियन ब्रोडकास्टिङ एन्ड डिजिटल फाउन्डेसनले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने विषय मान्य नहुने जानकारी गराएको थियो । अब भने भारतीय पक्ष आला कार्टा मान्न तयार भइसकेको सञ्चार मन्त्र...
‘बेहुली फ्रम मेघौली’ फिल्मको ट्रेलर सार्वजनिक, को-को छन् कलाकार?

‘बेहुली फ्रम मेघौली’ फिल्मको ट्रेलर सार्वजनिक, को-को छन् कलाकार?

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
काठमाडौँ | घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ। छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ। केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई फिल्मले व्यंग्य गरेको छ। यसले नेपाली समाजको विवाह पद्धति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ। भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ। परिवारले खोजेका कुनै पनि केटा मन नपरेपनि फिल्मकी मुख्यपात्र स्वस्तिमाले निश्चल बस्नेतलाई मन पराएकी छन् तर उसको अरुसँग प्रेम बसेको छ। यो दबाबबीच योग्य वर पाउन परिवार ...
छक्का पञ्जामा पूर्वप्रेमिकालाई गालीको वर्षा

छक्का पञ्जामा पूर्वप्रेमिकालाई गालीको वर्षा

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
काठमाडौं । दशैंको अवसर पारेर आगामी २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म छक्का पञ्जा ५ को ब्रेकअप सङ बल्ल बुझेँ चाला तेरो त्रिताले सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बाबुल गिरी र दिपाश्री निरौलाको स्वर तथा बाबुल गिरीको संगीत र शब्द रचना रहेको छ। गीतको भिडियोमा फिल्मका कलकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसीले अभिनय गरेका छन्। गीतमा पूर्वप्रेमिका र प्रेमीबीचको आक्रोशलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। गीत सार्वजनिक हुना साथ यसका छोटा भिडियोहरू सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाईरल बन्न पुगेको छ। गीतका शब्दलाई लिएर नकरात्मक र सकरात्मक दुबै थरी प्रतिक्रिया आइरहेको छ। कमेडी शैलीको गीतमा केदार घिमिरे लिप्सिङ गर्छन् बल्ल बुझेँ चाला तेरो रैछ त्रिताले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज