रुपन्देहीमा समूहीक बलात्कारका आरोपीहरु पक्राउ

काठमाडौं । जबरजस्ती करणीको आरोपमा रूपन्देही प्रहरीले चार जना भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । असोज ३ गते भैरहवामा रहेको होटल अरोमामा भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षकी युवतीलाई उनकै साथीहरूले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडित युवतीले दिएको जाहेरीका आधारमा गत बिहीबार नै होटलबाटै पक्राउ परेका आरोपीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका ३१ वर्षीय अत्तर खान, सोही ठाउँका ३७ वर्षीय अफरोज समी, २७ वर्षका सालु खान र गोरखपुर जिल्लाका २७ वर्षका बब्लु खान रहेका छन् ।
त्यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिकाका २५ वर्षका अकबर खान र ३२ वर्षका साहरुख तेलीलाई समेत पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उनीहरूलाई शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पेश गरी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । त्यस्तै, रूपन्देही प्रहरीले कोटहीमाई गाउँपालिकामा भदौ ५ गते सामूहिक जबरजस्ती करणीमा परेकी किशोरीको अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालयमा प्रतिवेदन पेश गरेको छ । घटना भदौ ५ गतेको भए पनि प्रहरीमा १० दिनपछि मात्र जाहेरी परेको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज