रंगशाला स्तरोन्नतीमा एन्फाको उदासीनता
काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला स्तरोन्नतीमा उदासीनता देखाएको आरोप लागेको छ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशालाको स्तरोन्नती गर्न नसक्दा पछिल्ला समय सरोकारवालाको सवैत्र आलोचना भैरहेको छ।
रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गर्दै आए पनि यसको भोकचलन गर्ने मुख्य संस्था एन्फा नै हो। तर, एन्फाले रंगशालाको स्तर सुधार गर्न आवश्यक पर्ने काम नगरेको राखेपले आरोप लगाएको छ। राखेपले आफूले माग गरेको अनुमानित लागत र समयावधी सहितको कार्ययोजना प्रस्तुत गर्न एन्फालाई आग्रह गरे पनि बेवास्ता गरेको उल्लेख गरेको हो।
गत साउन अन्तिममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो। तर, एन्फाले छलफलअनुसार काम अगाडि न...




















