रंगशाला स्तरोन्नतीमा एन्फाको उदासीनता

काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला स्तरोन्नतीमा उदासीनता देखाएको आरोप लागेको छ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशालाको स्तरोन्नती गर्न नसक्दा पछिल्ला समय सरोकारवालाको सवैत्र आलोचना भैरहेको छ।

रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गर्दै आए पनि यसको भोकचलन गर्ने मुख्य संस्था एन्फा नै हो। तर, एन्फाले रंगशालाको स्तर सुधार गर्न आवश्यक पर्ने काम नगरेको राखेपले आरोप लगाएको छ। राखेपले आफूले माग गरेको अनुमानित लागत र समयावधी सहितको कार्ययोजना प्रस्तुत गर्न एन्फालाई आग्रह गरे पनि बेवास्ता गरेको उल्लेख गरेको हो।

गत साउन अन्तिममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो। तर, एन्फाले छलफलअनुसार काम अगाडि नबढाएको राखेपले बिहीबार उल्लेख गरेको छ।

सहमतीअनुसार १५ दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरी फुटबल मैदान स्तरोन्नती गर्न एन्फाले कार्ययोजना पेश गर्नुपर्ने थियो। यद्यपि, एक महिना समय बितिसक्दा पनि एन्फाले चासो देखाएको छ। राखेपका अनुसार कार्ययोजना पेश नगरेको भन्दै फेरि एन्फालाई ध्यानाकर्षण पत्राचार पठाइएको छ।

राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले सात दिनभित्र लागतसँगै आवश्यक पर्ने समयावधीसहित कार्ययोजना पेश गर्न पुनः एन्फालाई पत्राचार गरिएको बताएका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज