Advertisement

ताजा अपडेट

Breaking News 1, ताजा अपडेट, समाचार
चितवन — लामो ड्युटी समय र न्यून सुविधाका कारण चितवनमा प्रहरी सेवाबाट राजीनामा दिने र कारबाहीमा पर्ने संख्या बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा २४ जना प्रहरी कर्मचारी कारबाहीमा परे भने २४ जनाले राजीनामा दिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी आचरणविरुद्ध २४ उजुरी परेका थिए, जसमा डिएसपीदेखि जवानसम्मको संलग्नता देखिएको छ। पाँच जनालाई निलम्बन, सात जनाको बढुवा वा तलबमा रोक, दुई डिएसपीसहित छ जनालाई सचेत, र अन्यलाई नसिहत दिइएको छ। त्यसैगरी, २२१ प्रहरी कर्मचारीलाई राम्रो कामको आधारमा नगदसहित पुरस्कृत गरिएको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।  ...

वर्षाले जलसतह बढ्दो, विभागद्वारा सतर्कता आग्रह

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं – देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण भक्तपुरको हनुमन्ते, रुकुमपश्चिमको ठूलो भेरी र म्याग्दी खोलाको जलसतह सतर्कता तह आसपास पुगेको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनार, डुबान सम्भावित क्षेत्र र पहिरो जोखिमयुक्त स्थानमा बिहानसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।  

पर्सामा तस्करी तिव्र, सशस्त्र प्रहरीद्वारा करोडौंको सामान बरामद

Breaking News 1, ताजा अपडेट, समाचार
पर्साको ग्रामीण र सहरी क्षेत्रमा भारतबाट भैँसी, गुट्खा, ड्राइफ्रुट्स, लत्ताकपडा, मोटर पार्ट्सजस्ता सामानको तस्करी बढेको छ। खुला सीमाको फाइदा उठाउँदै भइरहेको तस्करी रोक्न सुरक्षाकर्मी सक्रिय छन्। सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त छापामा वीरगञ्ज क्षेत्रबाट सातामा दुई पटकसम्म ७ देखि १५ लाख रुपैयाँसम्मको सामान बरामद हुने गरेको छ। २०७८/८२ मा सशस्त्र प्रहरीले झन्डै ४० करोड ९१ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। यसमध्ये २८ करोड ९२ लाख भन्सारमा र ११ करोड ९९ लाख राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो।  ...

स्वदेशमै समृद्धि खोज्दै: विदेश फर्केका चापागाईँको कागती खेती

Breaking News 2, ताजा अपडेट, समाचार
नवलपुरको सिङ्चाङमा ८० रोपनीमा कागती खेती गर्दै आएका दीपक चापागाईँले मलेसियाबाट फर्किएपछि कृषिमा भविष्य देखेका छन्। पाँच वर्षअघि सुरु गरिएको खेतीले अहिले राम्रै उत्पादन दिन थालेको छ। यो वर्ष मात्र ५० क्विन्टल कागती बजारमा पठाइसकेका छन् भने ५ सय क्विन्टल उत्पादन हुने अनुमान छ। चापागाईँ र देवीप्रसाद भुसालले सफल कृषि फार्ममार्फत खेती विस्तार गर्दै आएका छन्। गाउँका अन्य किसान पनि प्रेरित भई कागती खेतीमा लागेका छन्। कागती खेतीले गाउँमा रोजगारी पनि बढाएको छ। हाल नवलपुरमा १५० किसानले ५० हजारभन्दा बढी बिरुवा लगाएका छन्। जिल्ला कृषि कार्यालयले अनुदान, औषधि र नर्सरी सहयोग गर्दै आएको छ। तर, किसानले उचित बजारको अभाव रहेको गुनासो गरेका छन्।  ...

सवारी लाइसेन्सको अवधि अब १० वर्ष हुने

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं — अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अवधि १० वर्षका लागि हुने भएको छ। सरकारले हाल कायम रहेको ५ वर्षे सवारी लाइसेन्स अवधि हटाएर अब १० वर्षका लागि नवीकरण हुने व्यवस्था लागू गर्ने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले यस निर्णयको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नयाँ प्रणाली लागू भएसँगै एकपटक जारी गरिएको लाइसेन्सको नवीकरण १० वर्षमा मात्र गर्नुपर्नेछ, जसले सेवाग्राहीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।  ...

साउन १५ मा खुसीपूर्वक खीर खाने वातावरण बनाऔं : प्रधानमन्त्री ओली

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ मा सबै नेपालीले खुसीका साथ खीर खाने वातावरण बनाउनुपर्ने बताएका छन्। नेकपा (एमाले) को सांस्कृतिक विभागद्वारा आयोजित कार्यक्रममा उनले तराई–मधेसमा सुख्खा परेकाले सिँचाइ प्रबन्धमा सरकार सक्रिय रहेको बताए। साथै, सुनकोसी मरिन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी पनि दिए।...

नागरिक उन्मुक्ति पार्टी विवाद: रेशम चौधरीका पिता लालवीर अध्यक्ष नियुक्त

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ साउन – नागरिक उन्मुक्ति पार्टीमा विवाद चुलिँदै गएको छ। संयोजक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर आफ्ना बुबा लालवीर चौधरीलाई नयाँ अध्यक्ष नियुक्त गरेका छन्। श्रेष्ठलाई साधारण सदस्यबाट समेत हटाएको भोलिपल्ट उक्त निर्णय गरिएको हो।  

३५४ म्यानपावर कम्पनी निलम्बनमा, वैदेशिक रोजगार विभागको अनुगमन कडा

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौं — वार्षिक १०० श्रमिक पनि पठाउन नसकेका ३५४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ। विभागले उनीहरूको अनलाइन प्रणाली बन्द गर्दै सूक्ष्म अनुगमन थालेको हो। हालै ऐन संशोधन गरी इजाजतपत्र खारेजको व्यवस्था हटाइएको भए पनि गत वर्षको कमजोर कार्यसम्पादनका आधारमा यो कारबाही गरिएको विभागले जनाएको छ। व्यवसायीहरूले भने मागपत्र प्रमाणीकरणमा ढिलाइ, ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिको व्यवहारिक समस्या र डिमान्ड नआउनुलाई मुख्य कारण बताउँदै आएका छन्। करोडौं धरौटी राखेर पनि व्यवसाय नगर्ने कम्पनीको आम्दानी स्रोतबारे विभागले छानबिन गर्ने तयारी गरेको छ।    ...

मेयर तीर्थराज भट्टराईको आमरण अनशन सुरु

Breaking News 1, ताजा अपडेट, समाचार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफ्ना माग पूरा नभएको भन्दै साउन ११ देखि थालेको भोक हड्ताललाई आजदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बदलिएको छ। स्थानीय कच्चा पदार्थ प्रयोगमा संघीय ऐनले बाधा पुर्‍याइरहेकाले त्यसलाई संशोधन गर्नुपर्ने प्रमुख माग रहेका छन्।    

कैलालीमा ओलीद्वारा रानी जमरा कुलरिया आयोजना उद्घाटन र सम्बोधन

ताजा अपडेट, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीबाट कैलालीसहित रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको रानी जमरा र कुलरिया तर्फको १४,३०० हेक्टर क्षेत्रफल सिंचाइ तथा ४.७१ मेगावाट क्षमताको विद्युतगृहको उद्घाटन र सभालाई सम्बोधन ।    
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज