ताजा अपडेट

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताए । उनले भने, ‘कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।’ सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था...
तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् । आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए । अन्य सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न नसकेको छैनन् । नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् । मङ्गलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सल...
कमला ह्यारिसको अन्तिम चुनावी सम्बोधन स्गाजा युद्ध अन्त्य गर्छु

कमला ह्यारिसको अन्तिम चुनावी सम्बोधन स्गाजा युद्ध अन्त्य गर्छु

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले गाजामा भइरहेको युद्ध अन्त्य गर्ने प्रतिबद्धता गरेकी छन् । उनले अरबी अमेरिकीहरुको बीचमा आफ्नो अन्तिम चुनावी सम्बोधनका क्रममा उक्त घोषणा गरेकी हुन् । ह्यारिसले गाजामा भइरहेको नरसंहारबाट असन्तुष्ट अरबी अमेरिकन पक्षलाई आफ्नो कित्तामा ल्याउने कोशिस गरेकी हुन् । गाजा युद्धमा ४३ हजारभन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ भने २ लाख बढी जनता विस्थापित भएका छन् । गाजा युद्ध विनाशकारी भएको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपतिको रूपमा, म गाजामा युद्ध अन्त्य गर्न, बन्धकहरूलाई घर ल्याउन, गाजाको पीडाको अन्त्य गर्न, इजरायल सुरक्षित भएको सुनिश्चित गर्न, र प्यालेस्टाइनी जनताले आफ्नो मर्यादा, स्वतन्त्रता, सुरक्षाको अधिकार महसुस गर्न सक्ने सुनिश्चित गर्न मेरो शक्तिमा सबै गर्नेछु ।’ उनले गाजा युद्ध अन्त्य गर्ने योजना कसरी...
भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

अर्थ, ताजा अपडेट, समाचार
काठमाडौं । सरकारले वैदेशिक रोजगारीको उद्देश्यले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाने क्रम बढ्दै गएपछि रोक्न भन्दै फेरि अध्ययन सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको नेतृत्वमा यसबारे अध्ययन सुरु भएको हो । तत्कालीन महाशाखा प्रमुख सहसचिव गोविन्दप्रसाद रिजालको नेतृत्वमा कार्यदल बनेको थियो । उनी सरुवा भएपनि महाशाखा प्रमुख तोकिएका सहसचिवले यसबारे अध्ययन अघि बढाउने श्रम मन्त्रालयले जनाएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार भिजिट भिसामा अवैध रुपमा श्रमिक जाने र उनीहरु ठगीमा परेर अवैध रुपमा काम गर्न बाध्य हुनुपर्ने क्रम नरोकिएपछि व्यवस्थित गर्नेबारे सुझाव लिन कार्यदल बनेको हो । विशेषगरी संयुक्त अरब इमिरेट्स ९यूएई०मा भिजिट भिसामा जाने श्रमिकको संख्या ठूलो छ । कुवेत, बहराइन लगायतका देशमा पनि यस्तो सम...
दाइसँगै तिहार मनाउने पूरा नभएको त्यो वाचा

दाइसँगै तिहार मनाउने पूरा नभएको त्यो वाचा

ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार
जापान | माला, टोपी, सेलरोटी, घरमाथि चौरमा घुम्ते पिङ खेलेको यी बाल्यकालका सम्झनाहरु यतिबेला ताजा भएर आएका छन्। दाइहरुले बनाएको पिङ पहिलो पटक खेल्दाको क्षण निकै आनन्दको थियो। गाई गोरूलाई तिहारमा लगाइदिने सेतो छाप अनि तोरणको पनि सम्झना हुन्छ। हुन त तिहारको तयारी महिनौं अघि फूलहरु रोप्दैदेखि भइसकेको हुन्छ। तिहार कहिले हरेक वर्ष महिना, बार, गते फरक हुन्थ्यो। चाडहरू कहिले आउँछ भन्ने खुल्दुली त हुन्थ्यो नै। मलाई तिहार मनपर्ने भएर होला दसैँ कहिले हो थाहा पाएपछि २२ दिनमा तिहार आउँछ भनेर औला गनेर जानकारी राखेको अझै सम्झना छ। दसैँमा लामो बिदा लामो हुने भए पनि मलाई भने रमणीय ५ दिनको तिहार नै मज्जा लाग्थ्यो। काग तिहारमा कागलाई खाना खुवाएर पुजा गर्ने, कुकुरलाई टीका माला लगाएर खाना खुवाउने। काग, गाई, गोरूभन्दा हामी मान्छेसँग कुकुर नजिक भएको जस्तो पनि भान हुन्थ्यो। कुकुरलाई खानेकुरा दिएपछि खुसी हुँ...
तिहारमा गुञ्जिन्छन् यी गीत

तिहारमा गुञ्जिन्छन् यी गीत

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
काठमाडौँ । उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।  ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीतले तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभिनय रहेको  यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलको रचना गरेको सो गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका हुन् । ‘दियो बाली साँझको’ पनि गीत उत्तिकै लोकप्रिय छ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराई...
तिहारमा पटका पट्काउँदा प्रदूषण

तिहारमा पटका पट्काउँदा प्रदूषण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
काठमाडौँ – वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्। पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्। वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताए। ‘दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरु बस्छन्। यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ,’ उनले भने, ‘पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ।’ जलवायु परिवर्त...
गण्डकीका मुख्यमन्त्री पाण्डेसँग प्रशस्त पैतृक सम्पत्ति

गण्डकीका मुख्यमन्त्री पाण्डेसँग प्रशस्त पैतृक सम्पत्ति

Breaking News 2, गण्डकी, ताजा अपडेट
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफैंले तोकेको समयसीमा कटेपछि उनीहरुले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् । पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा ४ कित्तामा जग्गा छ भने कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् । यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५ सय तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २ सय तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् । व्यवसाय, ...
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

ताजा अपडेट, बागमती, ब्यापार, समाचार
खैरहनी । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिब एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । ‘पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव–२०...
नेपाल विरुद्ध भारतले साफमा उजुरी गर्ने

नेपाल विरुद्ध भारतले साफमा उजुरी गर्ने

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं | भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ। खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार राती भएको खेल रेफ्रीको विवादास्पद निर्णयका कारण नेपालले खेल्न नमानेपछि करिब एक घण्टा रोकिएको थियो। रेफ्रीको निर्णयलाई लिएर दर्शकले मैदानमा बोतलहरू प्रहार गरेका थिए। पुनः सुरु भएको खेलमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पुर्‍याएको थियो। त्यसपछि नेपाल टाइब्रेकरमा ४–२ गोलले विजयी भएर फाइनल पुगेको थियो।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज