युट्युबर मिस्टर बिस्ट बने आठौं व्यक्ति
युएई | युट्युबर मिस्टर बिस्ट विश्वको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को टुप्पोमा पुग्ने आठौं व्यक्ति बनेका छन् ।
बुर्ज खालिफाको चुचुरोमा पुगेपछी उनले भने : “म सफल भएँ ! म संसारको सबैभन्दा अग्लो भवनको टुप्पोमा उभिएको छु,” उक्त क्लिपमा युट्युबर बिस्टले भनेको सुन्न सकिन्छ । यसको पूरा भिडिओ बिस्टले २ नोभेम्बरमा युट्युबमा अपलोड गरेका थिए । उनले अगाडि भनेका छन्, “यो त डरलाग्दो छ ! मैले तल नहेरेको भए हुने रहेछ ।”...



















