नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ३० देश सहभागी
काठमाडौं । नेपालमै पहिलो पटक पर्यटन राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल आयोजना हुने भएको छ ।
क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोना गर्न लागिएको बिहीबार काठमाडाैँमा कार्यक्रम आयाेजना गरेर जानकारी दिइएकाे हाे ।
बेलुन नेपाल प्रालिले आयाेजना गर्न लागेको महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा हुनेछ । नेपाल बेलुन प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बेलुन कम्पनीहरूको सहभागिता रहने उनले जानकारी दिए ।
पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी...


















