गठबन्धन सरकारको संकल्प, सेयर बजारमा लगानीकर्ताका लगानी सुरक्षित गरिने

काठमाडौँ | सरकार गठन भएको दुई महिनापछि सत्ता गठबन्धनले बुधबार ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ सार्वजनिक गरेको छ। कांग्रेस–एमाले कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता बुधबार सार्वजनिक गर्दै दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपूरक हुने गरी सञ्चालन गरिने जनाइएको छ । संकल्पमा दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चत गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपुरक हुनेगरी सञ्चालन गरिने उल्लेख छ।

उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गरिने भनिएको छ भने आर्थिक क्रियाकलापलाई तीब्रता दिन पुँजीगत खर्च गर्ने क्षमता वृद्धि गरिने संकल्प लिइएकाे छ।

‘निजी क्षेत्रलाई आर्थिक वृद्धिका उत्तोलक (ग्रोथ इञ्जिन) का रुपमा आत्मसात गर्दै त्यसको आत्मविश्वास, भरोसा र उत्साहलाई बढाउने तथा सरकार अभिभावक र प्रभावकारी सहजकर्ता हो भन्ने विश्वास दिलाउने गरी काम गरिनेछ,’ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाइएको संकल्पमा भनिएको छ।

पुँजी बजारप्रतिको आमनागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिने भनिएको छ। आन्तरिक, वाह्य र गैरआवासीय नेपालीसमेतको लगानी वृद्धि गर्न नीतिगत, कानुनी
र संरचनागत सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गरिने भएको छ।

‘लगानी वृद्धिका लागि विकास फाइनान्सिबका समय सापेक्ष वित्तय ढाँचाहरु उपयोगमा ल्याइनेछ,’ संकल्पमा भनिएको छ, ‘राष्ट्रिय आवश्यकता, सार्वजनिक ऋणकोअवस्था, शर्तहरु लगायत पक्षलाई ध्यानमा राखेर वाह्य आर्थिक सहायता र ऋण परिचालन गरिनेछ । उत्पादन र उत्पादकत्व वृद्धि, वितरण र उपभोगको शृंखला कायम गरिनेछ।’

कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनेछ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज