चितवन – अमेरिकासँग ट्यारिफ युद्धमा फसेको क्यानडामा आम निर्वाचन हुँदैछ । यी चुनावको नतिजाले क्यानडाको आगामी प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्नेछ। अहिले मतदान अन्तिम चरणमा छ ।
योसँगै प्रारम्भिक रुझान पनि देखिन थालेको छ । क्यानडाको यो चुनावमा मुख्य प्रतिस्पर्धा लिबरल पार्टी र कन्जरभेटिभ पार्टीबीच छ । यी दुई प्रमुख दलबाहेक ब्लक क्वेबेकोइस, एनडीपी (न्यु डेमोक्र्याट पार्टी) र ग्रीन पार्टी पनि चुनाव लडिरहेका छन् ।
क्यानडाको सरकारी प्रसारक सीबीसी (क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशन) न्यूजका अनुसार प्रारम्भिक नतिजाका आधारमा लिबरल पार्टी १९ सिटले अगाडि छ । कन्जरभेटिभ पार्टी ६ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ ।
क्यानडाको हाउस अफ कमन्समा ३४३ सिट छन्। पछिल्लो संसदमा लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो पार्टी थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।