अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषयमा छलफल गरेका छन्। ट्रम्प–सी शिखर बैठकअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्यूयोर्कमा भएको आठ घण्टे वार्तामा प्रस्ताव अघि बढाइएको हो।
दुवै पक्षले एआईसँग सम्बन्धित सम्भावित घटना तथा राष्ट्रिय सुरक्षा जोखिमबारे जानकारी आदानप्रदान गर्ने संयन्त्रबारे थप छलफल गर्न सहमति जनाएका छन्। वार्तामा व्यापार, लगानी र अघिल्ला सहमति कार्यान्वयनका विषयमा समेत छलफल भएको छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।