Advertisement

गण्डकी

“पर्वतको कुश्मा” सार्वजनिक, दृश्यमा पर्वतका सौन्दर्यहरू

“पर्वतको कुश्मा” सार्वजनिक, दृश्यमा पर्वतका सौन्दर्यहरू

Breaking News 1, गण्डकी, मनोरञ्जन, समाचार
३२ असार, रत्ननगर। चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील वरिष्ठ सर्जक टिकाराम लामिछानेको नयाँ गीत “पर्वतको कुश्मा” सार्वजनिक गरिएको छ। नेपाली सांगीतिक दुनियाँमा छुट्टै स्थान बनाइसकेका चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारीको स्वरमा रहेको यस गीतमा गायिका मिना लामाले साथ दिएकी छन्। गीतमा शब्द तथा संगीत सर्जक स्वयं टिकाराम लामिछानेकै रहेको छ। पर्वत जिल्लाका प्रसिद्ध तथा प्राकृतिक सौन्दर्यले भरिएका स्थलहरूलाई समेटेर तयार पारिएको यस गीतको भिडियो “ह्याप्पी मिडिया” को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियोमा मुख्य कलाकारको रुपमा टिकाराम शर्मा लामिछाने र सन्ध्या आचार्यले अभिनय गरेका छन्। आकर्षक कोरस नृत्य को कोरियोग्राफी अन्जित बोहराले गरेका छन् भने भिडियोलाई छायांकन कृष्ण प्रसाद देवकोटाले गरेका हुन्। ड्रोन दृश्यहरू, जसले पर्वतको मनमोहक सौन्दर्य झल्काउँछ, पुजन लामि...
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

Breaking News 2, गण्डकी, ताजा अपडेट, धर्म संस्कृति, शिक्षा, समाचार
पोखरा, २५ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।  ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष...
नारायणगढ–बुटवल सडक समयमै निर्माण गर्न माग

नारायणगढ–बुटवल सडक समयमै निर्माण गर्न माग

Breaking News 1, गण्डकी, समाचार
काठमाडौ - सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारसँग माग गर्नुभयो । “सडक निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाई भएको छ”, सांसद सिंहले भन्नुभयो । यस्तै सांसद प्रभु साहले सरकारी बजेट प्रयोग गर्ने प्रतिष्ठान र सङ्घसंस्थााई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । केही सङ्घसंस्था र प्रतिष्ठान पार्टीगत र व्यक्तिगत स्वार्थमा प्रयोग भएकामा उहाँले आपत्ति व्यक्त गर्नुभयो । सांसदहरु देवप्रसाद तिमिल्सिना, दामोदर पौडेल र जावेदा खातुनले आन्दोलनरत शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नागिना यादवले तराई मधेसमा नाला निर्माणका क्रममा स्थानीयको घर भत्काउने काम भइरहेको उल्लेख गर्दै अदालतको आदेशलाई समेत स्थानीय...
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज (आइतबार) सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने अर्को कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने का...
पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

Breaking News 1, गण्डकी, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।...
अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

Breaking News 1, गण्डकी, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं | अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन्। पोखरा भ्रमण वर्षको उद्‍घाटन कार्यक्रममा बेलुन उडाउने क्रममा पड्किदा अर्थमन्त्री पौडेल घाइते भएका थिए। उनलाई तत्कालै पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहनुसार उनलाई काठमाडौं ल्याइएको थियो।आगोका कारण अर्थमन्त्रीको स्वास्थ्यमा केही असर परेको उनको सचिवालयले जानकारी दिएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ। गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि उहाँलाई कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ,ु उनको सचिवालयले भनेको छ। त्यस्तै पखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन्। उनलाई पनि कीर्तिपुरस्थित बर्न अस्...
फेवा किनारमा महायज्ञ रोक्न माग गर्दै उच्च अदालतमा रिट

फेवा किनारमा महायज्ञ रोक्न माग गर्दै उच्च अदालतमा रिट

Breaking News 2, गण्डकी, समाचार
पोखरा | फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । अधिवक्ता भगवती पहारी, मिनाकुमारी रानाभाट र गीता आचार्यले शुक्रबार दायर गरेको रिटमा कोटीहोमले फेवातालको प्राकृतिक संरचना, पर्यावरणीय सन्तुलन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने भन्दै तत्काल रोक्न माग गरिएको छ । सिमसार क्षेत्र र फेवातालको ६५ मिटर मापदण्डभित्रै गरिने कोटीहोमले तालको प्राकृतिक स्वरूप परिवर्तन गर्ने र जैविक विविधतामा नकारात्मक असर पार्ने भएकाले रोक्नुपर्ने माग रिट निवेदनमा गरिएको छ । सर्वोच्च अदालतले फेवाताल क्षेत्रको संरक्षणसम्बन्धी अघिल्लो फैसलाले तालको मापदण्डभित्र कुनै पनि अनधिकृत संरचना निर्माण रोक्न निर्देशन दिएकाले यसलाई कायम राख्नुपर्ने भनिएको छ । सर्वोच्च अदालतको २०७५ वैशाख १६ गतेको फैसलाले स्पष्ट रूपमा फेवातालको किनाराबाट ६५ मिटर भित्र...
कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ। सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ। त्यसैगरी, कोशीले ५० दशमलव नौ, बागमतीले ४५ दशमलव छ, कर्णालीले ४१ दशमलव छ, गण्डकीले ४० दशमलव आठ र लुम्बिनीले ३५ दशमलव नौ अङ्क प्राप्त गरेको छ। कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३० अङ्कमात्र पाएको छ। आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिएको हो। जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई स...
विद्यार्थीलाई तातो पन्युले डामियो

विद्यार्थीलाई तातो पन्युले डामियो

Breaking News 2, गण्डकी, ताजा अपडेट, शिक्षा, समाचार
पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा तनहुँको एक बोर्डिङ स्कुलका प्रिन्सिपलकी छोरी पक्राउ परेकी छन् । भीमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङकी लेखापाल एवं शिक्षिकासमेत रहेकी सुष्मा श्रेष्ठले मंगलबार कक्षा ४ पढ्ने ३ जना बालबालिकालाई तातो पन्यु डामेको विद्यार्थीले बताएका छन् । कक्षा कोठामा होहल्ला गरेको भन्दै उनले विद्यार्थीको गालामा तातो पन्यु डामेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बुधबार एकजना विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताए । उनका अनुसार अनुसन्धान गर्दै जाँदा श्रेष्ठले अरु २ जना विद्यार्थीलाई समेत डामेको खुलेको हो । डामिएका सबैजना विद्यार्थी १० वर्ष उमेरका हुन् । सुष्मा विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरी हुन् । तनहुँ जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा ती शिक्...
अपाङ्गताको नक्कली कार्ड लिएर माग्दै हिँड्ने दुई युवा पक्राउ

अपाङ्गताको नक्कली कार्ड लिएर माग्दै हिँड्ने दुई युवा पक्राउ

Breaking News 2, कोशी प्रदेश, गण्डकी, समाचार
खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए । “शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उनले भने “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्ष...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज