विद्यार्थीलाई तातो पन्युले डामियो

पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा तनहुँको एक बोर्डिङ स्कुलका प्रिन्सिपलकी छोरी पक्राउ परेकी छन् ।

भीमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङकी लेखापाल एवं शिक्षिकासमेत रहेकी सुष्मा श्रेष्ठले मंगलबार कक्षा ४ पढ्ने ३ जना बालबालिकालाई तातो पन्यु डामेको विद्यार्थीले बताएका छन् । कक्षा कोठामा होहल्ला गरेको भन्दै उनले विद्यार्थीको गालामा तातो पन्यु डामेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बुधबार एकजना विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताए । उनका अनुसार अनुसन्धान गर्दै जाँदा श्रेष्ठले अरु २ जना विद्यार्थीलाई समेत डामेको खुलेको हो । डामिएका सबैजना विद्यार्थी १० वर्ष उमेरका हुन् । सुष्मा विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरी हुन् ।

तनहुँ जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा ती शिक्षिकालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनायो ।

यता, सो घटनाको विद्यार्थी तथा अभिभावकहरुले कडा शब्दमा निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । घटना सार्वजनिक भएपछि विद्यार्थी संगठनले श्रेष्ठलाई कारबाहीको माग गरेका थिए । केही विद्यार्थी र अभिभावकले तनहुँको भीमाद बजारमा विरोध प्रदर्शन गरे ।

नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन, २०७५ तथा फौजदारी संहिता, २०७४ अनुसार बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु कानूनी अपराध हो । बाल अधिकारसम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार, शिक्षालयभित्र बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु गैरकानुनी भनी उल्लेख छ ।

यस्तो कार्यमा संलग्नलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज