यसरी हुँदैछ बीपी राजमार्गमा सडक निर्माणको काम
सिन्धुली । बीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्ड कतिखेर खुल्छ भनेर सबैको चासो छ । चार्डपर्व सुरु भएसँगै पूर्वी नेपाललाई उपत्यकासँग जोड्ने छोटो दुरीको बीपी राजमार्ग यतिखेर क्षतिग्रस्त छ ।
रोशी खोला र सुनकोसीमा आएको बाढीपहिरोले क्षति भएको खुर्कोट–नेपालथोक–धुलीखेल सडक खण्डको ८४ किलोमिटरमध्ये खुर्कोट नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ ।
पहिरो गएको दर्जनौं स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोसीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ । नेपालथोकबाट अगाडि आँपघारीमा करिब तीनसय मिटर सडकलाई खोलामै झारेर अस्थायी निर्माण गर्ने कामले तीव्रता पाएको छ । आज बिहीबार मध्यान्हसम्ममा खुल्ने गरी काम भइरहेको छ ।...




















