भैरहवा र पोखरामा उडानका लागि आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न चीनसँग आग्रह गर्नुभएको छ ।

चीनको भ्रमणमा रहनुभएका अर्थमन्त्री पौडेलले चिनियाँ उपप्रधानमन्त्री ही लिफेङसँगको भेटका क्रममा पूर्वाधार निर्माणमा समेत सहयोगका लागि आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खास गरी केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङमार्ग किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन उहाँले आग्रह गर्नुभएको जनाइएको छ ।

सो क्रममा चिनियाँ उपप्रधानमन्त्री लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमतिबमोजिम सहयोगका परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभएको उल्लेख छ । त्यस्तै उहाँले आगामी दिनमा पनि नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको विज्ञप्तिमा जनाइएको छ ।

भ्रमण टोलीमा रहनुभएका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका तर्फबाट गरिएको अनुरोधका विषयमा चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता व्यक्त भएको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

‘आर्थिक वृद्धिका लागि यातायात पूर्वाधार अत्यावश्यक’ 

यसैबिच अर्थमन्त्री पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनुभएको छ ।

चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताउनुभएको हो ।

नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्व रहेको उल्लेख गर्दै उहाँले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराउनुभयो ।

यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियतसहित यससम्बन्धी पूर्वाधार निर्माणका कार्य अगाडि बढाइएको, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने उहाँको भनाइ छ । आजदेखि सुरु भएको ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाललगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधिमण्डलको सहभागिता छ ।

नेपालको तर्फबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईलगायतका अधिकारीहरू सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज