Advertisement

घटस्थापना : पूजासामग्री र मन्त्रसहित पूजाविधि

घटस्थापनाको अघिल्लो दिनदेखि नै शुद्ध र पवित्र भएर बस्नुपर्छ । घटस्थापनाको दिनमा तपाईंले ब्रह्ममुहूर्त (बिहान ४ देखि ६ बजेभित्र)मा उठेर स्नान गर्नुपर्छ । स्नान गर्दा शैलपुत्री भगवतीको स्मरण गर्नुपर्छ ।

स्नान गरेपछि शुद्ध र पवित्र वस्त्र धारण गर्नुपर्छ । पुरुषले रातो वा पहेँलो रङको कपडा लगाउन सक्नुहुन्छ भने स्त्रीले सबै शृङ्गार गरेर तयार हुनुपर्छ । यति गरेपछि पूजाको काम सुरु गर्न सकिन्छ ।

  • पूजा सामग्री 

सबैभन्दा पहिले पूजाको सामग्री तयार गर्नुपर्छ । पूजाकोठामा गणेश, दियो र कलशको स्थापना गर्नुपर्छ । त्यसको अगाडि एउटा भगवतीको घडाको पनि स्थापना गर्नुपर्छ, यही घडालाई नै मुख्य कलश मानेर नौ दिनसम्म पूजा अर्चना गरिन्छ । घट (कलश) स्थापना गर्ने भएकाले नै आजको दिनलाई घटस्थापना भनिएको हो ।

पूजाकोठामा एउटा भाँडामा जल राख्नुपर्छ । उपलब्ध छ भने, घिउ, दुध, दही, मह र सक्खर राखेर पञ्चामृत तयार गर्नुपर्छ । फूल र माला पनि अगाडि तयार गरेर राख्नुपर्छ ।

  • पूजा विधि

पूजा गर्दा सधैँ पूर्वतिर फर्कनुपर्छ । आफू पूर्वतिर फर्किंदा दाहिने हातको अगाडि दियो स्थापना गर्नुपर्छ । दियो तयार गर्दा नौसुते बत्ती प्रयोग गर्नुपर्छ र त्यसलाई चामलमाथि राख्नुपर्छ । त्यसलाई नौ दिनसम्म पूजा गर्नुपर्छ । यदि तपाईं अखण्ड बत्ती बाल्न चाहनुहुन्छ भने त्यो पनि आजदेखि नै सुरु गर्नुपर्छ ।

आफ्नो हातको बायाँपट्टि कलशको स्थापना गर्नुपर्छ । त्यस्तै बिचमा गणेश भगवान्को स्थापना गर्नुपर्छ ।

दियो, कलश र गणेशको ठिकअगाडि धानमाथि चामल, चामलमाथि एउटा घडा राख्नुपर्छ । घडालाई गोबरले सिँगार्नुपर्छ । घडाभित्र जल, आँप र पिपलका पात राखेर भरी पार्नुपर्छ ।

यसरी सबै कुरा तयारी गरेपछि पवित्र आसनमा बस्नुपर्छ । अनि आचमन गर्नुपर्छ —

ॐ माधवाय नमः स्वाहा ।

ॐ केशवाय नमः स्वाहा ।

ॐ नारायणाय नमः स्वाहा ।

ॐ गोविन्दाय नमः स्वाहा ।

यसरी तीनपटक आचमन गर्नुपर्छ र एकपटक हात धुनुपर्छ ।

त्यसपछि कुशका टुक्राहरू छन् भने ‘ॐ पात्राय नमः’ भन्दै पूजा गर्नुपर्छ । पूजा गरेपछि त्यहाँबाट कुशको तीनवटा टुक्रा निकालेर त्यहाँको जलले वरिपरि पूजा सामग्री अनि आफ्नो शरीरमा पनि सेचन गर्नुपर्छ ।

त्यही कुशका तीनवटा टुक्रासहित जौ, तिल, जल हातमा लिएर ‘म फलानो गोत्रमा उत्पन्न भएको व्यक्ति (आफ्नो न्वारनको नाम पनि भन्ने), मैले आजदेखि विधिवत् रूपमा फलाहार (वा, जुन प्रकारको व्रत हो, त्यही भन्ने) व्रत बस्दै छु’ भनेर भन्नुपर्छ । उदाहरणका लागि तपाईं नौ दिनसम्म फलाहार व्रत बस्दै हुनुहुन्छ भने ‘मैले फलाहार व्रत बस्दै छु’ भनेर संकल्प गर्नुपर्छ । एक छाक भोजन गरेर व्रत बस्दै हुनुहुन्छ भने ‘मैले साँझको समयमा एक छाक भोजन गरेर व्रत बस्दै छु’ भनेर संकल्प गर्नुपर्छ ।

‘मैले जानी–नजानी जे–जे कर्महरू गर्छु, हे माता ! हे भगवती ! मेरो पूजालाई हजुरले स्विकार्नुहोस्’ भनेर कुशका टुक्रा, जौ, तिल र जललाई भुईंमा छाडिदिनुपर्छ ।

यसपछि तपाईंले आफ्नो अगाडि अर्घको स्थापना गर्नुपर्छ । त्यो अर्घमा जल, दुबो, दही, सस्र्युं, एउटा सिंगो फल राख्न सक्नुहुन्छ । ‘ॐ अर्घाय नमः’ भनेर अर्घलाई पूजा गर्नुपर्छ ।

मन्त्र आउँछ भने—

‘गंगे च यमुने चैव गोदावरी सरस्वती ।

नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु ।।’

भनेर तपाईंले अर्घलाई पूजा गर्न सकिन्छ ।

त्यसपछि त्यो अर्घको जल सूर्य भगवान्लाई अर्पण गर्नुपर्छ । यस क्रममा ‘ॐ सूर्य नारायणाय नमः’ मन्त्र उच्चारण गर्नुपर्छ ।

त्यसपछि दियोको पूजा गर्नुपर्छ । सुरुमा बालिसकेको दियोलाई ‘हे दीप भगवान्, मैले नौ दिनसम्म पूजा गर्दै छु, अब तपाईं यहाँ आएर निवास गरिदिनुहोला’ भन्दै ‘दीप नारायणाय नमः’ मन्त्र उच्चारण गर्नुपर्छ । त्यहाँ एउटा कुशको टुक्रा चढाउनुहोला । त्यसमा जौ, तिल, फूल अक्षता लगायत उपलब्ध सामग्री चढाएर दियोको आराधना गर्नुहोला ।

मन्त्र आउँछ भने—

‘शुभम भवतु कल्याणं, आरोग्य सुख सम्पदा ।

मम पाप विनाशाय, दीप ज्योति नमोस्तुते ।।’

भनेर दियोको प्रार्थना गर्नुपर्छ ।

अब तपाईंले वरुण कलशको पूजा गर्नुपर्छ । कलशमा पवित्र जल, आँप, चाप, पिपल डुम्री लगायत सबै कुरा राख्नुपर्छ । रातो र सेतो कपडाले उक्त कलशलाई सिँगार्नुपर्छ । ‘ॐ कलश वरुणाय नमः’ भनेर कलशमा फूल अक्षता चढाउनुपर्छ । कुशको टुक्रा पनि चढाउनुहोला । अनि कलशको पूजा गर्नुहोला ।

अब गणेश भगवान्को पूजा गर्नुपर्छ । गणेश भगवानलाई जनै सुपारी राख्नुपर्छ । घरमा गणेशको मूर्ति छ भने त्यसलाई धोइपखाली गरेर स्थापना गर्न सकिन्छ ।स्थान गराइदिनुपर्छ । त्यसपछि राता अबिर, सिन्दुर, दुबो र राता फूलहरू पनि अर्पण गर्नुपर्छ ।

मन्त्र आउँछ भने—

वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ।

निर्विघ्नं कुरुमे देव सर्वकार्येषु सर्वदा।।

भनेर प्रार्थना गर्नुपर्छ ।

त्यसपछि गणेश भगवानलाई मिठो लाग्ने पानहरू अर्पण गर्ने । मेवाहरू अर्पण गर्ने । छ भने १०८ वटा, छैन भने २१ वटा तिलका लड्डु अर्पण गर्न सकिन्छ ।यस विधिपछि वरुण कलशमा आफ्नो सम्पूर्ण देवताहरूको स्मरण गरेर जल, तिल, फूल र लाभाहरू कलशको मुखमा चढाउनुपर्छ ।

यो सकेपछि धुपबत्तीहरू बालिदिने र भेटी दक्षिणाहरू पनि अर्पण गर्नुपर्छ । योसँगै दियो, कलश र गणेशको पूजा सम्पन्न हुन्छ ।अब हामीले स्थापना गरेको कलशमा नवदुर्गा भवानीको पूजा गर्नुपर्छ । बजारबाट नयाँ मूर्ति ल्याउनुभएको छ भने त्यसलाई धोइपखाली गरेर प्राणप्रतिष्ठा स्थापना गर्न सकिन्छ । यस पश्चात्, रातो फूल, लाभा र अक्षता हातमा लिएर नवदुर्गा भगवतीको प्रार्थना गर्नुपर्छ ।पहिलो दिन भएकाले ‘प्रथम‌ं शैलपुत्री च’ भनेर शास्त्रमा वर्णन गरिएको छ । पहिलो दिनमा हामी शैलपुत्री भगवतीको पूजाअर्चना गर्छौं ।

‘हे शैलपुत्री भगवती ! मैले आजदेखि तपाईंलाई विधिवत् रूपमा स्थापना गरी पूर्जाअर्चना गर्दै छु’ भनेर प्रार्थना गर्नुहोला ।त्यसपछि जल र पञ्चामृतले स्नान गराउनुपर्छ र भगवतीलाई राता वस्तुहरू अर्पण गर्नुपर्छ । राता फूल र मालाहरू चढाउनुपर्छ । यसपछि धुपबत्ती, नैवेद्यहरू सबै अर्पण गर्नुपर्छ । अन्त्यमा चमर पंखा लिएर भगवतीलाई हम्कनुपर्छ र आरती र पुष्पाञ्जली गर्नुपर्छ ।

यति गरेपछि घटस्थापनाको पूजा सम्पन्न हुन्छ । अब हामी जमरा राख्न सक्छौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष घटस्थापनाको साइत बिहान ९ः१६ मिनेटमा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज