Advertisement

Breaking News 1

यसरी हुँदैछ बीपी राजमार्गमा सडक निर्माणको काम

यसरी हुँदैछ बीपी राजमार्गमा सडक निर्माणको काम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सिन्धुली । बीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्ड कतिखेर खुल्छ भनेर सबैको चासो छ । चार्डपर्व सुरु भएसँगै पूर्वी नेपाललाई उपत्यकासँग जोड्ने छोटो दुरीको बीपी राजमार्ग यतिखेर क्षतिग्रस्त छ । रोशी खोला र सुनकोसीमा आएको बाढीपहिरोले क्षति भएको खुर्कोट–नेपालथोक–धुलीखेल सडक खण्डको ८४ किलोमिटरमध्ये खुर्कोट नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । पहिरो गएको दर्जनौं स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोसीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ । नेपालथोकबाट अगाडि आँपघारीमा करिब तीनसय मिटर सडकलाई खोलामै झारेर अस्थायी निर्माण गर्ने कामले तीव्रता पाएको छ । आज बिहीबार मध्यान्हसम्ममा खुल्ने गरी काम भइरहेको छ ।...
घटस्थापना : पूजासामग्री र मन्त्रसहित पूजाविधि

घटस्थापना : पूजासामग्री र मन्त्रसहित पूजाविधि

Breaking News 1, ट्रेन्डिङ, धर्म संस्कृति
घटस्थापनाको अघिल्लो दिनदेखि नै शुद्ध र पवित्र भएर बस्नुपर्छ । घटस्थापनाको दिनमा तपाईंले ब्रह्ममुहूर्त (बिहान ४ देखि ६ बजेभित्र)मा उठेर स्नान गर्नुपर्छ । स्नान गर्दा शैलपुत्री भगवतीको स्मरण गर्नुपर्छ । स्नान गरेपछि शुद्ध र पवित्र वस्त्र धारण गर्नुपर्छ । पुरुषले रातो वा पहेँलो रङको कपडा लगाउन सक्नुहुन्छ भने स्त्रीले सबै शृङ्गार गरेर तयार हुनुपर्छ । यति गरेपछि पूजाको काम सुरु गर्न सकिन्छ । पूजा सामग्री  सबैभन्दा पहिले पूजाको सामग्री तयार गर्नुपर्छ । पूजाकोठामा गणेश, दियो र कलशको स्थापना गर्नुपर्छ । त्यसको अगाडि एउटा भगवतीको घडाको पनि स्थापना गर्नुपर्छ, यही घडालाई नै मुख्य कलश मानेर नौ दिनसम्म पूजा अर्चना गरिन्छ । घट (कलश) स्थापना गर्ने भएकाले नै आजको दिनलाई घटस्थापना भनिएको हो । पूजाकोठामा एउटा भाँडामा जल राख्नुपर्छ । उपलब्ध छ भने, घिउ, दुध, दही, मह र सक्खर राखेर पञ्चामृत ...
अनिवार्य अवकाश पाएका प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ

अनिवार्य अवकाश पाएका प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ

Breaking News 1, ताजा अपडेट
काठमाडौं । सर्वोच्च अदालतले अनिवार्य अवकाश पाउनुभएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई बिदाइ गरेको छ । २०३८ चैत २७ गतेदेखि शाखा अधिकृतका रुपमा न्यायसेवामा प्रवेश गर्नुभएका प्रधानन्यायाधीश श्रेष्ठले ४२ वर्षपछि अवकाश पाउनुभएको हो । औपचारिक रुपमा असोज १९ गतेसम्म पदावधि रहे पनि बडा दशैंका अवसरमा भोलिदेखि अदालत विदा हुने भएकाले उहाँको आजै बिदाइ गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । आफूले न्यायिक निष्ठा र मिहिनेतले सर्वोच्च अदालतको नेतृत्व गर्नेसम्मको जिम्मेवारीमा पुगेको उल्लेख गर्दै श्रेष्ठले आफूलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।...
नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

Breaking News 1
काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही बेरअघि पुगेको थियो । उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको स्रोतले बतायो । झण्डै ४ अर्ब लगानीमा बनाइएको यो भवनको ‘सी ब्लक’ निर्माणाधीन अवस्थामा एकातिर कोल्टिएको थियो ।...
बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, स्वास्थ्य
हेटौँडा । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ । मन्त्रालयका अनुसार भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी आईईएनटी तल्लो तला डुबानमा परेका कारण सेवा प्रवाह प्रभावित भएको छ । साथै भक्तपुर नगरपालिका ३ को आरोग्य मल्टी स्पेसियालिटी...
काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काभ्रे | तीन दिनसम्म परेको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक नै बगाएपछि अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ । हिजो शनिवार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको थियो । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीहरुमध्ये बिरामी, ...
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सुनसरी | बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।  कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए ।...
भैरहवा र पोखरामा उडानका लागि आग्रह

भैरहवा र पोखरामा उडानका लागि आग्रह

Breaking News 1, अर्थ, समाचार
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न चीनसँग आग्रह गर्नुभएको छ । चीनको भ्रमणमा रहनुभएका अर्थमन्त्री पौडेलले चिनियाँ उपप्रधानमन्त्री ही लिफेङसँगको भेटका क्रममा पूर्वाधार निर्माणमा समेत सहयोगका लागि आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खास गरी केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङमार्ग किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन उहाँले आग्रह गर्नुभएको जनाइएको छ । सो क्रममा चिनियाँ उपप्रधानमन्त्री लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमतिबमोजिम सहयोगका परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने बताउ...
भरतपुर महानगरले भत्कायो खोला मिचेर बनाएको लायन्स क्लबको भवन

भरतपुर महानगरले भत्कायो खोला मिचेर बनाएको लायन्स क्लबको भवन

Breaking News 1, बागमती, समाचार
चितवन | भरतपुर महानगरपालिकाले भरतपुर र नारायणगढको बिचोबिच भएर बग्ने पुङ्गी खोला मिचेर बनेका संरचनाहरू भत्काउन सुरु गरेको छ । बुधबार बिहान नारायणगढ लायन्सचोकको लायन्स भवनमा महानगरले डोजर लगाएर यसको सुरुआत गरेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूको उपस्थितिमा डोजरले भवन भत्काउन सुरु गरिएको हो । भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट सुरु भएको पुङ्गीखोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै नारायणी नदीमा गएर मिसिन्छ । महानगरपालिका नापी अधिकृत विकास देवकोटाका अनुसार साढे ६ किलोमिटर पुङ्गी खोलाको नक्सा अनुसार नाँपजाच पूरा भएको छ । खोला कही तीन चार मिटर र कहीँ १०र१२ मिटर चौडा रहेको उनले बताए । यो भित्र बनेका संरचनाहरू भत्काउन सुरु भएको हो । पुङ्गी खोला सौन्दर्यात्मक करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयल...
प्रचण्ड र रवीन्द्र मिश्रबिचको कुराकानीप्रति बाबुरामको प्रतिक्रिया

प्रचण्ड र रवीन्द्र मिश्रबिचको कुराकानीप्रति बाबुरामको प्रतिक्रिया

Breaking News 1, राजनीति, विचार, समाचार
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिश्रबीचको भेटलाई कटाक्ष गरेका छन्। उनले प्रचण्डको राजा महेन्द्रप्रतिको प्रशंसा असत्य भएको भन्दै गणतन्त्रका उपलब्धिहरू जनताको बलिदानबाट प्राप्त भएको र तिनलाई कमजोर पार्न नहुने बताए।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज