विष्णुप्रति एलिनाको अझै धेरै माया
पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चामा छिन् गायिका एलिना चौहान । विष्णु सापकोटासँगको सम्बन्ध विच्छेद (डिभोर्स) को तयारीका कारण उनको चर्चा चुलिएको हो । गत शुक्रबार उनले पति विष्णुसँग डिभोर्स माग्दै जिल्ला अदालत काठमाडौँमा सम्बन्ध मुद्दा दायर गरेकी छन् ।
पहिले प्रेम, त्यसपछि ब्रेकअप । फेरि प्रेमसँगै गत ५ वैशाखमा विवाह गरेकी एलिनाको पछि विष्णुसँग डिभोर्सको हल्ला केही समयदेखि चले पनि आधिकारिक रूपमा बाहिर आएको थिएन । उनले यस विषयमा समय आएपछि बोल्ने बताउँदै आएकी थिइन् । अन्ततः, उनी डिभोर्स माग्दै अदालतसम्म पुगेकी छन् ।
डिभोर्सको मुद्दामा एलिनाले पतिले मानसिक तनाव दिएको, शङ्का उपशङ्का गरेको, चरित्रमाथि प्रश्न उठाएको लगायत आरोपस लगाएकी छन् । उनले मुद्दामा ‘माना चामल’ र ‘अंश’को दाबी नगर्ने बताएकी छन् ।...



















