नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्ने

काठमाडौं । नेपाली कबड्डी टिमले पहिलोपल्ट विश्वकप खेल्ने भएको छ । ‘वुमेन्स कबड्डी वर्ल्डकप २०२५’ मार्चमा पटना, विहारमा आयोजना हुँदैछ, जसमा नेपाली राष्ट्रिय महिला  टिमले खेल्ने भएको हो ।

नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले भने, ‘नेपाली महिला टिमले दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद तथा आमन्त्रण प्रतियोगिताहरू धेरैपल्ट खेलेको छ । विश्वकप भने पहिलोपल्ट खेल्न लागेको हो ।’

नेपालले पछिल्लोपल्ट चीनको हाङचोउमा भएको १९ औं एसियाली खेलकुद २०२२ मा कांस्यपदक जितेको थियो ।

मुख्य प्रशिक्षक पार्वती राईले पनि नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्न लागेको पुष्टि गरिन् । उनले भनिन्, ‘म आफै खेलाडी हुँदा वल्र्ड च्याम्पियनसिप खेलेकी छु । पुरुष टिमले दुईपल्ट वर्ल्ड च्याम्पियनसिप खेलेको छ । तर, वर्ल्डकप खेल्न लागेको चाहिँ पहिलोपल्ट नै हो ।’ उनकै नेतृत्वमा नेपालले एसियाडमा कांस्य जितेको थियो ।

नेपाली महिला टिमल १३ औं सागमा रजत, ११ र १२ औं सागमा कांस्यपदक पनि हात पारेको थियो ।

नेपाल कबड्डी लिग (एनकेएल) को टिम जनकपुर नाइट्सका मुख्य प्रशिक्षकसमेत रहेकी राईकै नेतृत्वमा राष्ट्रिय महिला टिमले विश्वकप २०२५ को तयारी गरिरहेको छ । संघले १६ खेलाडीलाई समावेश गर्दै मंसिर १ देखि कागेश्वरी मनोहरामा बन्द प्रशिक्षण सञ्चालन गरेको छ ।

संघका महासचिव झाकाअनुसार फेरि एकपल्ट खेलाडीको छनोट गरी एनकेएलपछि नेपाली टिमले विश्वकपको तयारीमा एक महिना भारतमा प्रशिक्षण गर्नेछ । अहिले टिमलाई मुख्य प्रशिक्षक पार्वती राईसहित विष्णु भट्ट, लोकबहादुर विष्ट, हरिणा थापा र दिल्लीबाट आएका कोम सिंहले प्रशिक्षण दिइरहेका छन् ।

फेरि बिहारमा विश्वकप

महिला कबड्डीको लगातार दोस्रोपल्ट विहारमा हुन लागेको हो । सन् २०१२ मा भएको पहिलो संस्करण पनि पटनाकै पाटलीपुत्र स्पोर्ट्स कम्प्लेक्समा भएको थियो, जसमा अमेरिका, मेक्सिको, जापान, इटालीसहित १६ देशले प्रतिस्पर्धा गरेका थिए । सनसनीपूर्ण फाइनलमा इरानलाई हराएर भारत च्याम्पियन भएको थियो ।

वुमेन्स कबड्डी वर्ल्डकपको दोस्रो संस्करण पटनाकै ५ हजार दर्शक क्षमताको राजगिर स्पोर्ट्स एकेडेमीमा सञ्चालन गर्ने अन्तर्राष्ट्रिय कबड्डी महासंघले जनाएको छ ।

यसपाली नेपाल, भारत, चीन, जापान, दक्षिण कोरियासहित एसियाका ६ ९संभवत् पाकिस्तान पनि० तथा युरोप, अफ्रिका र दक्षिण अमेरिकासहित गरी कुल १४ देश सहभागि हुने बताइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज