खेलकुद

सन्यासको संकेत गर्दै रोनाल्डोले भने– अब मसँग मैदानमा बिताउने समय धेरै बाँकी छैन

सन्यासको संकेत गर्दै रोनाल्डोले भने– अब मसँग मैदानमा बिताउने समय धेरै बाँकी छैन

खेलकुद, समाचार
काठमाडौँ | पोर्चुगिज सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले आफू सन्यासको नजिक रहेको संकेत गरेका छन् । हालै पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै साउदी अरेबियाको क्लब अल–नासरबाट व्यावसायिक फूटबल खेलिरहेका रोनाल्डोले अब आफूसँग मैदानमा बिताउने धेरै समय बाँकी नरहेको बताएका हुन् । ‘म अहिले फूटबल खेलबाट मनोरञ्जन गरिरहेको छु । किनकि मलाई थाहा छ– अब मसँग पिचमा धेरै समय बाँकी छैन,’ उनले भने । पोर्चुगल राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डोले अब आफ्ना लागि उत्कृष्ट खेलाडी बन्नु वा अवार्ड जित्नु महत्वपूर्ण नभएको स्पष्ट पारे ।...
रत्ननगरमा वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने

रत्ननगरमा वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने

खेलकुद, बागमती
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ स्थित हातीगाडेमा मंगलबार देखि प्रथम वडाध्यक्षकप फुटबल प्रतियोगिता हुँदैछ । मुनाल ब्वाईजको आयोजनामा असोज १५ गतेदेखि २३ गते सम्म हुने सो प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा रत्ननगर र यस आसपासका झन्डै २० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक अनमोल गुरुङले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टिमले नगद रु ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । वडा १६ को मुख्य सहयोगमा हुन लागेको प्रतियोगितामा सेन्ट्रल मोडल कलेज भरतपुर र स्व.धर्म थापाको स्मृतिमा उनको परिवारबाट आर्थिक सहयोग रहने प्रतियोगिता बारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष ...
पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

खेलकुद
काठमाडौं। क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल र ओमान भिड्दैछन्। किङ सिटीमा आइतबार हुने खेल राति ९:४५ बजे हुनेछ। शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन बनाए। कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसैले नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछ। नेपाल पछिल्ला ११ अन्तर्राष्ट्रिय खेलमा जितविहीन छ। ओमानसँगको खेलमार्फत नेपाल पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।...
फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउदै

फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फेन्टिनो नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण एसियाली देशहरुको भ्रमणको दौरान फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउने भएका हुन् । इन्फेन्टिनो असोज २० गते नेपाल आउने तयारी भएका अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए । फिफा अध्यक्ष नेपाल आउने पक्का भएको छ । दक्षिण एसियाली देशको भ्रमणको दौरान उहाँ नेपाल पनि आउनुहुनेछ ।’ ती पदाधिकारीले भने । इन्फेन्टिनो दुई दिने भ्रमणको क्रममा नेपाल आउनेछन् । २० गते नेपाल आएर २१ गते फर्कनेछन् । इन्फेन्टिनोको नेपाल भ्रमणको अन्य तालिका टुङ्गो लागिसकेको छैन । तर इन्फेन्टिनोको नेपाल भ्रमण अघि उनको टिमले नेपाल आएर भ्रमणको तालिका र अन्य विषयको टुङ्गो लगाउने एन्फा पदाधिकारीले बताएका छन् ।...
रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

रोहित र अनिल आउट भएसँगै संकटमा नेपाल

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं | कप्तान रोहित पौडेल रन आउट र अनिल शाह क्याच भएसँगै नेपाल आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध सुरुवातमै संकटमा परेकोछ । किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरमा ५ विकेट गुमाउँदै ३६ रन बनाएको छ । रोहित ११ औं ओभरको दोस्रो बलमा ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए । मिडअनमा सट खेल्दै एक रनका लागि दौडिए पनि ननस्टाइकमा आरिफ शेख थोरै अघि बढेर फर्केपछि दुबै ब्याटर एउटै एण्डमा भएका थिए । जसको कारण विकेटकिपर श्रेयस मोभ्भाले रन आउट गरेका थिए । अनिल साह प्रविन कुमारको १२ औं ओभरको अन्तिम बलमा हर्ष ठाकेरबाट १ रनमा क्याच आउट भएपछि नेपाल ३६( ५ ) को अवस्थामा पुगेको छ । त्यसअघि नेपालका शीर्ष तीन ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर आसिफ शेख २, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए ।...
पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिप

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिप

Breaking News 2, खेलकुद
काठमाडौं। उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले हुमोमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको हो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यही सेटमा पराजित गरेको थियो। पुलिसले पहिलो सेट २५–१६ ले सहजै जितेको थियो। तर, त्यसपछिका दुई सेट भने पुलिसलाई सहज भएन। प्राम्भिक चरणमा कमजोर प्रदर्शन गरेको हुमोले यसपल्ट भने सुधारिएको प्रदर्शन गर्‍यो। दोस्रो सेट पुलिसले जित्यो। तर, उसले कडा संघर्ष गर्दै उक्त २५–२२ ले आफ्नो पक्षमा बनायो। तेस्रो तथा अन्तिम सेट पनि पुलिसले संघर्ष गर्दै २५–२३ ले आफ्नो बनाएको हो।...
Match Day ! Rhinos are ready to take on Canada at 8:45 PM.

Match Day ! Rhinos are ready to take on Canada at 8:45 PM.

Breaking News 2, खेलकुद
Match Day! Nepal takes on canada tonight in the third match of the Canada series. After a tough loss in the two match, Nepal is looking for a strong comeback. Best wishes, Team Nepal!
अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

खेलकुद, ताजा अपडेट, समाचार
चितवन। ओपनर ट्राभिस हेड १५४ को शतकको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ। हेडलाई मार्नस लाबुसेनले नि राम्रो साथ दिएका थिए। यसअघि इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। इङ्ल्यान्डका लागि बेन डकेटले ९१ बलमा ९५ रन बनाए भने विल ज्याकले ६२ रन बनाए। मिडिल अर्डरमा ह्यारी ब्रुक, जेमी स्मिथ र लिभिङस्टनले ठूलो स्कोर बनाउन सकेनन्। तर बेथलले ३४ बलमा ३५ रन बनाउँदै इङ्ल्यान्डलाई ३१५ रनमा समेटेका थिए। जवाफमा मैदान उत्रेको अस्ट्रेलियालाई ट्राभिस हेडले बलियो सुरुवात दिलाएका थिए। एडम स्मिथ र क्यामरुन ग्रिनले पनि ३२–३२ रन जोडे। अन्तिममा लाबुसेन ७७ ले अर्धशतकीय इनिङ्स खेल्दै टिमलाई ४४ ओभरमा जित दिलाए।  ...
रंगशाला स्तरोन्नतीमा एन्फाको उदासीनता

रंगशाला स्तरोन्नतीमा एन्फाको उदासीनता

खेलकुद, ताजा अपडेट
काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला स्तरोन्नतीमा उदासीनता देखाएको आरोप लागेको छ। नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशालाको स्तरोन्नती गर्न नसक्दा पछिल्ला समय सरोकारवालाको सवैत्र आलोचना भैरहेको छ। रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गर्दै आए पनि यसको भोकचलन गर्ने मुख्य संस्था एन्फा नै हो। तर, एन्फाले रंगशालाको स्तर सुधार गर्न आवश्यक पर्ने काम नगरेको राखेपले आरोप लगाएको छ। राखेपले आफूले माग गरेको अनुमानित लागत र समयावधी सहितको कार्ययोजना प्रस्तुत गर्न एन्फालाई आग्रह गरे पनि बेवास्ता गरेको उल्लेख गरेको हो। गत साउन अन्तिममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो। तर, एन्फाले छलफलअनुसार काम अगाडि न...
एथ्लेटिक्स खेलाडीसहित खेलकर्मी सम्मानित

एथ्लेटिक्स खेलाडीसहित खेलकर्मी सम्मानित

Breaking News 1, खेलकुद
काठमाडौँ | खेलकुद क्षेत्रमा उपलब्धिसँगै विशेष योगदान पुर्‍याएका एथ्लेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीबार सम्मानित भएका छन्। प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एथ्लेटिक्सका खेलाडीसहित खेलकर्मीलाई सम्मान गरेको हो। बुद्धवीर लामा १३औं गीतिमय सांगीतिक साँझका अवसरमा एथ्लेटिक्स खेलाडी सम्मानित भएका हुन्। गीतकार लामाले पनि गत असारमा बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए। उनले पुरुष ६५ वर्षमाथि पाँच हजार मिटर दौडमा सफलता पाएका हुन्। दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि सम्मानित भए। त्यस्तै ढाकामै सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ र ढाकाकै अन्तर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज