एथ्लेटिक्स खेलाडीसहित खेलकर्मी सम्मानित

काठमाडौँ | खेलकुद क्षेत्रमा उपलब्धिसँगै विशेष योगदान पुर्‍याएका एथ्लेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीबार सम्मानित भएका छन्।

प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एथ्लेटिक्सका खेलाडीसहित खेलकर्मीलाई सम्मान गरेको हो। बुद्धवीर लामा १३औं गीतिमय सांगीतिक साँझका अवसरमा एथ्लेटिक्स खेलाडी सम्मानित भएका हुन्। गीतकार लामाले पनि गत असारमा बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए। उनले पुरुष ६५ वर्षमाथि पाँच हजार मिटर दौडमा सफलता पाएका हुन्। दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि सम्मानित भए।

त्यस्तै ढाकामै सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ र ढाकाकै अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ५० वर्षमाथि पाँच हजार र १० हजार मिटर दौडका स्वर्ण विजेता धर्म महर्जनलाई पनि मञ्चले सम्मान गरेको थियो। अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री च्याम्पियनसिपकी स्वर्ण विजेता इन्द्रकला नेम्वाङ (निक्की) र विश्वका चर्चित लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथनमा प्रतिस्पर्धा गरेका शम्भुप्रसाद दाहाल पनि प्रयास मञ्चद्वारा सम्मानित भए।

सो अवसरमा मञ्चले एथलेटिक्स खेलमै योगदान पुर्‍याएका एथ्लेटिक्सका पूर्वप्रमुख प्रशिक्षक मधुशमशेर राणा, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, पूर्वखेलाडी एवं प्रशिक्षक एथलेटिक्स ट्रेनिङ सेन्टर क्लब स्वयम्भूका अध्यक्ष रमेश सुनार, धावक त्रिरत्न मानन्धर, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला र पूर्व धाविका रोशनी शाहलाई पनि सम्मान गर्‍यो।

सोही कार्यक्रममा प्रहरी संगठनबीच हुने अन्तर्राष्ट्रिय हाफ म्याराथन र १० हजार मिटर दौडका स्वर्ण विजेता सिंगापुर प्रहरीका निवृत निरीक्षक निमेश गुरुङलाई पनि सम्मान गरिएको थियो। सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्त्वलाई पनि सम्मान गरिएको थियो। शिक्षासँगै विद्यालय खेलकुद प्रतियोगिता आयोजना गरेर विभिन्न खेलका राष्ट्रिय खेलाडी उत्पादन गर्दै खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएवापत ज्ञानोदय बालवाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा पनि सम्मानित भइन्। आयोजकले उनलाई ‘महान नारी रत्न सम्मान २०८१’ बाट सम्मान गरिएको हो। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र कार्यक्रम संयोजक जशु लामालगायतले कदरपत्रसहित सम्मान गरेका हुन्।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज