काठमाडौं। क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल र ओमान भिड्दैछन्। किङ सिटीमा आइतबार हुने खेल राति ९:४५ बजे हुनेछ।
शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।

कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन बनाए। कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसैले नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछ।
नेपाल पछिल्ला ११ अन्तर्राष्ट्रिय खेलमा जितविहीन छ। ओमानसँगको खेलमार्फत नेपाल पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।