काठमाडौँ | पोर्चुगिज सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले आफू सन्यासको नजिक रहेको संकेत गरेका छन् । हालै पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै साउदी अरेबियाको क्लब अल–नासरबाट व्यावसायिक फूटबल खेलिरहेका रोनाल्डोले अब आफूसँग मैदानमा बिताउने धेरै समय बाँकी नरहेको बताएका हुन् ।

‘म अहिले फूटबल खेलबाट मनोरञ्जन गरिरहेको छु । किनकि मलाई थाहा छ– अब मसँग पिचमा धेरै समय बाँकी छैन,’ उनले भने । पोर्चुगल राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डोले अब आफ्ना लागि उत्कृष्ट खेलाडी बन्नु वा अवार्ड जित्नु महत्वपूर्ण नभएको स्पष्ट पारे ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।