खेलकुद

कोरियन प्रशिक्षक क्वान यङ दल को गलत मार्गदर्शनले नेपालमा तेक्वान्दो विकासमा अवरोध

कोरियन प्रशिक्षक क्वान यङ दल को गलत मार्गदर्शनले नेपालमा तेक्वान्दो विकासमा अवरोध

खेलकुद, समाचार
काठमाडौं, वैशाख ६ – विश्व तेक्वान्दो मुख्यालय कुक्कीवोनको प्रवर्द्धनमा अप्रिल १७ देखि १९, २०२५ सम्म काठमाडौंमा सम्पन्न कुक्कीवोन कप तेक्वान्दो च्याम्पियनशिप अपेक्षित अन्तर्राष्ट्रिय स्वरूपमा नहुनुका साथै आयोजक मास्टर क्वान योङ दलको भूमिकाप्रति गम्भीर प्रश्न उठेका छन्। यस प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हुने भनिए पनि केवल नेपाली खेलाडीहरूको मात्र सहभागिता रहेको थियो। कोरियन प्रशिक्षक मास्टर क्वान योङ दलले प्रारम्भमा प्रतियोगितामा विदेशी खेलाडीहरूको समेत सहभागिता हुने आश्वासन दिएका थिए, तर अन्ततः प्रतियोगिता केवल नेपालकै खेलाडीहरूमा सीमित भयो। यसले आयोजकले प्रतियोगी, प्रशिक्षक र अभिभावकलाई भ्रममा पारेको ठहर गरिएको छ। १.कुक्कीवोनको नियम उल्लङ्घन कुक्कीवोन कपको स्पष्ट नियमअनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई सोही प्रतियोगितामा रेफ्री वा अफिसियलको रूपमा खटाउन मिल्दैन। तर, उक्त च्याम्...
आहा रारा पोखरा गोल्डकपको नयाँ च्याम्पियन बन्याे ब्ल्याक बुल्स

आहा रारा पोखरा गोल्डकपको नयाँ च्याम्पियन बन्याे ब्ल्याक बुल्स

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डाै | विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । ६ पटक उपाधि जितेको पुलिस पहिलो पटक फाइनलमा पुगेको ब्ल्याक बुल्ससँग पराजित भयो । ब्ल्याक बुल्स पहिलाे सहभागितामै विजेता बन्याे । पोखरा रङ्गशालामा आज भएको फाइनलमा ब्ल्याक बुल्सले पुलिसलाई ३–१ गोलले हरायो । ब्ल्याक बुल्सका कुभोनचबेक ओलिनोभ, असिलबेक ओरिफजोनोभ र साभकातजोन सात्तोरोधले गाेल गरे । पुलिसले एक गाेल आत्मघाती उपहार पायाे । सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजलाई र ब्ल्याक बुल्सले ५ पटकको विजेता थ्री स्टारलाई हराएको थियो । ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।...
सेना दिवसको अवसरमा आयोजित अन्तर सदस्यीय  गल्फ प्रतियोगिता सम्पन्न

सेना दिवसको अवसरमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिता सम्पन्न

Breaking News 2, खेलकुद, समाचार
काठमाडौँ। गौचरस्थित रोयल नेपाल गल्फ क्लबमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । सेना दिवस-२०८१ को अवसरमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिताको शुक्रवार प्रधान सेनापति अशोक राज सिग्देलले समापन गरेका हुन्। कार्यक्रममा प्रधान सेनापति  सिग्देलले प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्‍याउने चिफ मार्सल तथा मार्सलहरूलाई मायाको चिनो र विजेता खेलाडीहरूलाई ट्रफी प्रदान गरे  । कार्यक्रममा पूर्व प्रधान सेनापतिहरू, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो । यी हुन्  विभिन्न आठ विधाका गल्फ प्रतियोगिताका विजयी खेलाडीहरू (क)   क्लोजेस्ट टु दि पिन तर्फ: उपरथी सुदर्शन सिल्वाल (ख)   मोस्ट बडिज तर्फ: प्रमुख सेनानी दिनेश बानिया क्षेत्र (ग)   लङ्‍गेस्ट ड्राइभ तर्फ: सेनानी आदित्य प्रताप सिंह (घ)   सिनियर तर्फ: उपरथी नर...
सोनितपुर तेक्वान्दो डोजाङ काठमाडौं टीम प्रथम

सोनितपुर तेक्वान्दो डोजाङ काठमाडौं टीम प्रथम

खेलकुद
दोश्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ मा जम्मा ४० वटा विद्या मा भएको आज दोस्रो दिन को खेल मा ७ सोर्ण, ६ रजत र ६ कास्य पदक हासिल गर्दै सोनितपुर तेक्वान्दो डोजाङ काठमाडौं टीम प्रथम, ७ सोर्न , ३ रजत र ८ कास्य सहित क्रियटिभ तेक्वान्दो एकेडेमी टिम द्वितिय र ५ शोर्ण,५ रजत र ८ कास्य सहित टीम चितवन तृतीय भए । विजेता टीम ले नगद रु २००००, १५००० र १०००० प्राप्त गर्न सफल गरे भने सोर्ण पदक जित्ने प्रत्येक खेलाडीहरुले रु १००० पाए । समापन कार्यक्रम हेटौडा उपमहानगरपालिका वडा नं १७ को वडा अध्यक्ष उद्धव सत्याल को प्रमुख आतिथ्यता मा भएको थियो । सभाध्यक्ष प्रतियोगिता संयोजक भोजराज पराजुली रहेको यस कार्यक्रम मा स्वागत मन्तव्य प्रतियोगिता मूल आयोजक समिति को संयोजक शंकर बहादुर राउत ले गर्नु भयो भने पहिलो दिन को उद्घाटन जिल्ला समन्वय समिति मकवानपुर को प्रमुख ललित घलान ले गर्नु भएको थियो । प्रतियोगिता...
स्पेनिस ला लिगा : १० खेलाडीमा‌ सीमित बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगा : १० खेलाडीमा‌ सीमित बार्सिलोनाको फराकिलो जित

खेलकुद, समाचार
२८ माघ, काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले १-१ गोल गरे । सेभिल्लाका लागि रुबेन भार्गासले १ गोल गरे । खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै भार्गासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४६औं मिनेटमा लोपेजले गोल गरेपछि बार्सा पुनः खेलमा अगाडि आयो । ५५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता फराकिलो बनाए । ६२औं मिनेटमा लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।...
महिला क्रिकेट टिम पाँचौँ खेलमा पनि नेपाल पराजित

महिला क्रिकेट टिम पाँचौँ खेलमा पनि नेपाल पराजित

खेलकुद, ताजा अपडेट, समाचार
त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालमाथि नेदरल्यान्ड्सले १० विकेटको जित निकालेको छ । पूजा महतोले अर्धशतक बनाए पनि बलिङ फितलो हुँदा नेपालले शृंखलामा अर्को हार व्यहोरेको हो। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । जितसँगै नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालको भने सम्भावना समाप्त भइसकेको छ । पाँच खेलमा तीन जितसँगै नेदरल्यान्ड्सले ६ अंक जोडेको छ । अब नेदरल्यान्ड्सले बिहीबार चार खेलमा आठ अंक जोडेको थाइल्यान्डको सामना गर्नेछ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो । नेदरल्यान्ड्सले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार व...
नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

खेलकुद
नेपालले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बबेट डि लिडेले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन्। पाहुना टोली थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक जित निकालिसक्दा नेपाल भने अंकविहीन रहँदै पुछारमा छ। यस्तो नेदरल्यान्ड्सविरुद्ध दोस्रोपल्ट उत्रिँदा नेपाल पहिलो जितको खोजीमा छ। शृंखलाको पहिलो खेलमै यी दुई टोली भिडेका थिए। तर, १५८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो। यो खेलमा नेपाल २० रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले थाइल्यान्डलाई चार विकेटको जित सुम्पियो। समान दुई खेलको समाप्तिमा नेपाल र नेदरल्यान्ड्सको बाधक थाइल्यान्ड नै हो। यही टोलीले नेदरल्यान्ड्सलाई आफ्नो दोस्रो खेलमा आठ विकेटले हराएको थियो। नेदरल्यान्...
टी-२० श्रृङ्खला :आज थाइल्याण्डसँग खेल्दै नेपाल

टी-२० श्रृङ्खला :आज थाइल्याण्डसँग खेल्दै नेपाल

Breaking News 2, खेलकुद, समाचार
काठमाडौँ |  त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार नेपालले थाइल्याण्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले विजय शुरुवात गरेको थियो।...
चर्च ब्वाइजको जितमा सनिलको दुई गोल

चर्च ब्वाइजको जितमा सनिलको दुई गोल

खेलकुद
विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा पाँचौं जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा चर्च ब्वाइज ४–१ ले विजयी भएको हो। जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अंक जोडेको छ। पराजित पुलिसको समान खेलबाट १३ अंक छ। चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे। अनिशकुमार मगर र सुशान्त थापामगरको नाममा एकरएक गोल रह्यो। पुलिसका रोहन पोखरेल मगरको गोल सान्त्वना रह्यो। खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्तको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। २६औं मिनेटमा अनिशले अर्को गोल थपे। ३७औं मिनेटमा सनिलले गोल गर्दै पहिलो हाफमा चर्च ब्वाइजलाई ३–० को अग्रता दिलाए। ६९औं मिनेटमा सनिलले व्यक्तिगत दोस्रो गोल र टोलीका लागि चौथो गोल गरे। ७१औं मिनेटमा रोहनले गोल गरे पनि पुलिसलाई खेलमा फर्काउन सकेनन्।...
नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्ने

नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्ने

Breaking News 1, खेलकुद, समाचार
काठमाडौं । नेपाली कबड्डी टिमले पहिलोपल्ट विश्वकप खेल्ने भएको छ । ‘वुमेन्स कबड्डी वर्ल्डकप २०२५’ मार्चमा पटना, विहारमा आयोजना हुँदैछ, जसमा नेपाली राष्ट्रिय महिला  टिमले खेल्ने भएको हो । नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले भने, ‘नेपाली महिला टिमले दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद तथा आमन्त्रण प्रतियोगिताहरू धेरैपल्ट खेलेको छ । विश्वकप भने पहिलोपल्ट खेल्न लागेको हो ।’ नेपालले पछिल्लोपल्ट चीनको हाङचोउमा भएको १९ औं एसियाली खेलकुद २०२२ मा कांस्यपदक जितेको थियो । मुख्य प्रशिक्षक पार्वती राईले पनि नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्न लागेको पुष्टि गरिन् । उनले भनिन्, ‘म आफै खेलाडी हुँदा वल्र्ड च्याम्पियनसिप खेलेकी छु । पुरुष टिमले दुईपल्ट वर्ल्ड च्याम्पियनसिप खेलेको छ । तर, वर्ल्डकप खेल्न लागेको चाहिँ पहिलोपल्ट नै हो ।’ उनकै नेतृत्वमा नेपालले एसियाडमा कांस्य जितेको थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज