२८ माघ, काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले १-१ गोल गरे । सेभिल्लाका लागि रुबेन भार्गासले १ गोल गरे ।
खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै भार्गासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
४६औं मिनेटमा लोपेजले गोल गरेपछि बार्सा पुनः खेलमा अगाडि आयो । ५५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता फराकिलो बनाए । ६२औं मिनेटमा लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।