Advertisement

कोरियन प्रशिक्षक क्वान यङ दल को गलत मार्गदर्शनले नेपालमा तेक्वान्दो विकासमा अवरोध

काठमाडौं, वैशाख ६ – विश्व तेक्वान्दो मुख्यालय कुक्कीवोनको प्रवर्द्धनमा अप्रिल १७ देखि १९, २०२५ सम्म काठमाडौंमा सम्पन्न कुक्कीवोन कप तेक्वान्दो च्याम्पियनशिप अपेक्षित अन्तर्राष्ट्रिय स्वरूपमा नहुनुका साथै आयोजक मास्टर क्वान योङ दलको भूमिकाप्रति गम्भीर प्रश्न उठेका छन्।
यस प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हुने भनिए पनि केवल नेपाली खेलाडीहरूको मात्र सहभागिता रहेको थियो। कोरियन प्रशिक्षक मास्टर क्वान योङ दलले प्रारम्भमा प्रतियोगितामा विदेशी खेलाडीहरूको समेत सहभागिता हुने आश्वासन दिएका थिए, तर अन्ततः प्रतियोगिता केवल नेपालकै खेलाडीहरूमा सीमित भयो। यसले आयोजकले प्रतियोगी, प्रशिक्षक र अभिभावकलाई भ्रममा पारेको ठहर गरिएको छ।
१.कुक्कीवोनको नियम उल्लङ्घन
कुक्कीवोन कपको स्पष्ट नियमअनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई सोही प्रतियोगितामा रेफ्री वा अफिसियलको रूपमा खटाउन मिल्दैन। तर, उक्त च्याम्पियनशिपमा कतिपय खेलाडीहरूलाई नै पुनःरेफ्री वा निर्णायकको भूमिकामा देखिनु नियमको ठाडो उल्लङ्घन भएको हो।
२.तेक्वान्दो संघहरूको विवादमा पक्षपात
नेपालमा हाल दुई वटा तेक्वान्दो महासंघहरू छन् — नेपाल तेक्वान्दो संघ (NTA) र नेशनल तेक्वान्दो एशोसिएसन नेपाल (NTAN)। तर, कोरियन प्रशिक्षक मास्टर क्वान योङ दलले केवल नेपाल तेक्वान्दो संघ र त्यसअन्तर्गतका खेलाडीहरूलाई मात्र समर्थन गर्दै आएका छन्। यस्तो पक्षपातले अन्य संघमा आबद्ध खेलाडीहरूको करियरमा प्रतिकूल प्रभाव पारेको भन्दै ती खेलाडी र प्रशिक्षकहरू आक्रोशित छन्।
३.विकासको सट्टा अवरोध
मास्टर क्वान योङ दल नेपालको तेक्वान्दो विकासका लागि आएको भनिए पनि व्यवहारमा उनले तेक्वान्दो समुदायलाई विभाजित पार्दै प्रतिस्पर्धाको अवसरसमेत असमान बनाएका छन्। खेलकुद विश्लेषकहरू भन्छन् – “तेक्वान्दो विकासमा सहयोग पुर्याउने आशामा आएका विदेशी प्रशिक्षकले यदि विभेद र अपारदर्शितालाई बढावा दिए भने त्यसले नेपालमा तेक्वान्दोको भविष्य गम्भीर संकटमा पार्नेछ।”
राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय र अन्तर्राष्ट्रिय तेक्वान्दो मुख्यालय संस्था कुक्कीवोनले यस विषयमा आवश्यक छानबिन गरी उचित कदम चाल्नुपर्ने आवाज तेक्वान्दो समुदायबाट उठिरहेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज