विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा पाँचौं जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा चर्च ब्वाइज ४–१ ले विजयी भएको हो। जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अंक जोडेको छ। पराजित पुलिसको समान खेलबाट १३ अंक छ।
चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे। अनिशकुमार मगर र सुशान्त थापामगरको नाममा एकरएक गोल रह्यो। पुलिसका रोहन पोखरेल मगरको गोल सान्त्वना रह्यो।
खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्तको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। २६औं मिनेटमा अनिशले अर्को गोल थपे। ३७औं मिनेटमा सनिलले गोल गर्दै पहिलो हाफमा चर्च ब्वाइजलाई ३–० को अग्रता दिलाए।
६९औं मिनेटमा सनिलले व्यक्तिगत दोस्रो गोल र टोलीका लागि चौथो गोल गरे। ७१औं मिनेटमा रोहनले गोल गरे पनि पुलिसलाई खेलमा फर्काउन सकेनन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।