निर्मला पन्तको घटनामा प्रत्यक्षदर्शी रहेको भन्ने अर्यालमा मानसिक समस्या रहेको सीआईबीको दाबी
काठमाडौं | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिएका एक व्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सोधपुछ गरेको छ।
हिजो बोलाएर दिनभर भएको सोधपुछपछि नवराज अर्याल नामका ती व्यक्तिमा मानसिक समस्या रहेको सीआईबीले दाबी गरेको छ। अर्यालले प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन्। तीन जनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ। उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ। धेरैले उनको कुरा पत्याएका छैनन्। सीआईबीले उनको उक्त दाबी विश्वसनिय नभएको बताएको छ। धमलासँगको अन्तरवार्तामा जस्तै अर्यालले प्रहरीसँग पनि आफू प्रत्यक्षदर्शी भएको दोहोर्याएका थिए। उनले तीनजना व्यक्तिहरूको नाम समेत लिएका छन्।
अर्यालको म...



















