निर्मला पन्तको घटनामा प्रत्यक्षदर्शी रहेको भन्ने अर्यालमा मानसिक समस्या रहेको सीआईबीको दाबी

काठमाडौं | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिएका एक व्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सोधपुछ गरेको छ।

हिजो बोलाएर दिनभर भएको सोधपुछपछि नवराज अर्याल नामका ती व्यक्तिमा मानसिक समस्या रहेको सीआईबीले दाबी गरेको छ। अर्यालले प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन्। तीन जनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ। उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ। धेरैले उनको कुरा पत्याएका छैनन्। सीआईबीले उनको उक्त दाबी विश्वसनिय नभएको बताएको छ। धमलासँगको अन्तरवार्तामा जस्तै अर्यालले प्रहरीसँग पनि आफू प्रत्यक्षदर्शी भएको दोहोर्‍याएका थिए। उनले तीनजना व्यक्तिहरूको नाम समेत लिएका छन्।

अर्यालको मानसिक अवस्था ठीक नरहेको अनुमान प्रहरीले गरेको छ। उनले ३० वर्षसम्म सवारीचालकका रूपमा सरकारी जागिर खाएका थिए। २०७७ सालमा नक्कली लाइसेन्सको मुद्दा परेपछि उनी जागिरबाट बर्खास्त भए  त्यसपछि उनी मानसिकरुपमा समस्याग्रस्त बनेको सीआईबीले बताएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज