समाचार

विद्यार्थीलाई तातो पन्युले डामियो

विद्यार्थीलाई तातो पन्युले डामियो

Breaking News 2, गण्डकी, ताजा अपडेट, शिक्षा, समाचार
पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा तनहुँको एक बोर्डिङ स्कुलका प्रिन्सिपलकी छोरी पक्राउ परेकी छन् । भीमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङकी लेखापाल एवं शिक्षिकासमेत रहेकी सुष्मा श्रेष्ठले मंगलबार कक्षा ४ पढ्ने ३ जना बालबालिकालाई तातो पन्यु डामेको विद्यार्थीले बताएका छन् । कक्षा कोठामा होहल्ला गरेको भन्दै उनले विद्यार्थीको गालामा तातो पन्यु डामेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बुधबार एकजना विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताए । उनका अनुसार अनुसन्धान गर्दै जाँदा श्रेष्ठले अरु २ जना विद्यार्थीलाई समेत डामेको खुलेको हो । डामिएका सबैजना विद्यार्थी १० वर्ष उमेरका हुन् । सुष्मा विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरी हुन् । तनहुँ जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा ती शिक्...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अर्थ, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रूपैयाँ २ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रूपैयाँ निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ४ पैसा र बिक्रीदर नौ रूपैयाँ ०८ पै...
ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ प्रि-प्रोडक्सन सुरु, संगीत निर्माण जिम्मवारी अर्जुनलाई

ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ प्रि-प्रोडक्सन सुरु, संगीत निर्माण जिम्मवारी अर्जुनलाई

ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए । यो सिनेमाको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । त्यसका अलवा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ । सिनेमाको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिनेमाको सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए । कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, ...
सम्बन्ध विच्छेद गर्दै एलिनाले भनिन् : मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु

सम्बन्ध विच्छेद गर्दै एलिनाले भनिन् : मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णुसँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छन्। मंगलबार काठमाडौँ जिल्ला अदालतबाट एलिना र विष्णुले पारपाचुके गरेका छन्। सम्बन्ध विच्छेदपछि आफूले पाउने सम्पत्ति नलिने एलिनाले बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’ अदालतबाट बाहिरिएलगत्तै उनले पूर्वपति विष्णु सापकोटालाई सम्बाेधन गर्दै प्रगतिको शुभकामना समेत दिएकी छन्। उनले लेखेकी छन् :  प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्...
‘झिल्के एण्ड द कम्पनी’ ल्यायो ‘राम्री बाहुन केटी’ [भिडियो]

‘झिल्के एण्ड द कम्पनी’ ल्यायो ‘राम्री बाहुन केटी’ [भिडियो]

मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’ को नयाँ गीत ‘राम्री बाहुन केटी’ को भिडियो सार्वजनिक भएको छ । व्याण्डका मुख्य गायक तथा गीतकार स्टिभ देवानको स्वर, शब्द र संगीत रहेको गीतको भिडियोमा ‘मिस नेपाल २०२४’ की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’ का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र विपुला सिद्धान्त जोशीको अभिनय छ। अन्तरजातीय प्रेमको भावना व्यक्त गरिएको गीतको भिडियोमा सुरुवात रमाइलो शैलीको भए पनि अन्त्यतिर गहिरो प्रेम व्यक्त गरिएको छ, जसमा प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न सहयोग गरेको देखाइएको छ । यसले नयाँ पुस्तासँगै समाजमा परम्परागत सोच र आधुनिक प्रेम तथा व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई उजागर गरेको गायक देवानको भनाइ छ । बियोन्डको निर्देशन रहेको भिडियोमा कमल प्रसाईंको छायांकन र विकेश मगरको सम्पादन छ। झिल्के एण्ड द कम्पनीमा स्टीभ देवान गायन र गिटार, ब...
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

समाचार, सुदूरपश्चिम
२८ माघ, धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको बोहराले बताए । प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने उनलाई गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको डीएसपी बोहराले बताए । घटनाबारे पीडितकी दिदीले आइतबार साँझ मात्र प्रहरीलाई खबर गरेक...
‘भ्यालेन्टाइन डे’सप्ताह -: ‘टेड्डी डे’ मा आफ्नो प्रेमिलाई कस्तो टेडी उपहार दिने ?

‘भ्यालेन्टाइन डे’सप्ताह -: ‘टेड्डी डे’ मा आफ्नो प्रेमिलाई कस्तो टेडी उपहार दिने ?

मनोरञ्जन, समाचार
आज ‘भ्यालेन्टाइन डे’ चौथो दिन अर्थात् ‘टेडी डे’ । आफ्नो माया व्यक्त गर्ने अर्को माध्यम । भ्यालेन्टाइ डे आउन अझै चार दिन बाँकी छ । यस दिनको पर्खाइमा हरेक प्रेमीप्रेमीका छन् ।  आज विश्वभरका प्रेमीप्रेमीकाहरुले ‘टेडी डे’ एक आपसमा आदान प्रदान गरेर आफ्नो माया साटासाट गरेर मनाउँदै छन् । खेलौना दिएर मनाइने हुँदा यो दिन ‘टेडी डे’ का रुपमा परिचित छ ।   तपाईंले आफ्नो प्रेमीप्रेमीकालाई कस्तो ‘टेडी डे’ उपहार दिने त ? रेड टेड्डी लामो समय देखि प्रेममा भएको र तपाईँको प्रेम बारे घर परिवार सबै जानकार छन् भने रातो टेड्डी उपहार दिनसक्नुहुनेछ । रातो कलरको संकेत आगो र रगतसंग हुने हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो । कालो टेड्डी यदि तपाईँलाई प्रपोज गर्न मान्छे मन परेको छैन भने अस्विकार पनि गर्न सक्नुहुनेछ , ‘ब्ल्याक टेड्डी ’ मार्फत । सेतो टेड्डि सेतो कलर शान्ति, शुद्ध र...
स्पेनिस ला लिगा : १० खेलाडीमा‌ सीमित बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगा : १० खेलाडीमा‌ सीमित बार्सिलोनाको फराकिलो जित

खेलकुद, समाचार
२८ माघ, काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले १-१ गोल गरे । सेभिल्लाका लागि रुबेन भार्गासले १ गोल गरे । खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै भार्गासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४६औं मिनेटमा लोपेजले गोल गरेपछि बार्सा पुनः खेलमा अगाडि आयो । ५५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता फराकिलो बनाए । ६२औं मिनेटमा लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।...
कांग्रेस-एमालेको अधिनायकवादले देश अधोगतितर्फ जाँदैछ : झलनाथ खनाल

कांग्रेस-एमालेको अधिनायकवादले देश अधोगतितर्फ जाँदैछ : झलनाथ खनाल

राजनीति, समाचार
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताएका छन् । विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस-एमाले दुई ठूला दल मिलेर बनेको सरकारले देश अधोगतितर्फ गइरहेको बताएका हुन् । ‘मुलुक बडो गहिरो संकटतर्फ धसिदै गइरहेको छ, दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ,’ उनले भने, ‘ लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने खालको स्थिति देखा पर्दैछ ।’ राजनीति संकटग्रस्त बनिरहेको बताउँदै उनले समग्र अवस्था कमजार हुँदै गएको बताए । दुई दलको सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको उनले बताए । वर्तमान संविधान पूर्णरुपमा कार्यान्वयन भइनसकेको बताउँदै उनले अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नरहेको पनि बताए ।...
प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ

प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ

Breaking News 2, लुम्बिनी, समाचार
तौलिहवा(कपिलवस्तु), माघ २८ गते । कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २  कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीका अनुसार उनीहरू हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौँ तपाईँको घर कोठा खानतलासी गर्नु पर्ने छ भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको आस्थामा पक्राउ गरिएको बताउनुभयो । घिमिरे र थापालाई बाणगंगा नगरपालिका वडा न. २ राजपुर स्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको उहाँको भनाई छ । पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । (-नारद कोहार)...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज