पुजन लामिछाने | भरतपुर, श्रावण १४ – रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले आफ्नो सातौं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विशेष खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। क्लबकी वर्तमान अध्यक्ष अस्मि न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम मानवसेवा आश्रम, भरतपुर–९ मा सम्पन्न भएको हो।
“फेलोसिप थ्रु सर्भिस” भन्ने नारासँग परिचित रोट्र्याक्ट एक अन्तर्राष्ट्रिय युवा संगठन हो, जसले युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र व्यावसायिक विकासको अवसर प्रदान गर्दछ। रोटरी इन्टरनेशनलको युवा शाखा मानिने रोट्र्याक्ट क्लबले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विविध गतिविधिहरू गर्दै आएको छ।
सन् २०१९ जुलाई ३० मा स्थापना भएको रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। यही सिलसि...











