Advertisement

Day: १३ माघ २०८१, आईतवार

अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु गगन थापा

अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु गगन थापा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन् ।...
सुशान्तसँगको प्रेम चर्चाबारे आना  हो कि होइन

सुशान्तसँगको प्रेम चर्चाबारे आना हो कि होइन

मनोरञ्जन, समाचार
अभिनेत्री आना शर्मा यतिबेला चर्चाको केन्द्रमा छिन् । प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर टेक वन’ले पनि उनलाई चर्चामा ल्याएको छ । यो चर्चाबीच उनको प्रेम सम्बन्धको चर्चा पनि चुलिएको छ । फिल्म प्रचारमा उनी जहाँ पुग्छिन्, त्यहाँ उनलाई गायक सुशान्त केसीसँगको प्रेम सम्बन्धबारे प्रश्न सोधिन्छ । उनले यसलाई स्वीकार वा अस्वीकार दुबै नगरेको अवस्था छ । सुशान्तलाई पनि गतसाता आयोजित कन्सर्टको प्रेसमिटमा आनासँगको प्रेमबारे सोधिएको थियो । उनले कुरालाई अन्तै मोडेर टार्ने प्रयास गरे ।...
रेहान मियाको निर्देशन रहेको म्युजिक भिडियो ‘निष्ठुरी’ सार्बजनिक

रेहान मियाको निर्देशन रहेको म्युजिक भिडियो ‘निष्ठुरी’ सार्बजनिक

मनोरञ्जन
रेहान मियाको निर्देशन रहेको म्युजिक भिडियो ‘निष्ठुरी’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा टीका प्रसाईको स्वर , शब्द बिप्लभ खड्का तथा संगीत मंगल वि.क को रहेको छ। वियोगान्त कथामा तयार भएको गीतको भिडियोमा सुनिल सुन्दास र स्वेता श्रेष्ठ फिचर्ड छ्न । भिडियोलाई रबि कोईरालाले छायांकन गरेका हुन् । पोखरा मुस्ताङको रमणीय लोकेशनमा छायांकन भएको भिडियो दर्शकले मन पराउने निर्देशक मियाको दाबी छ । भिडियोलाई राम्रो बनाउनको लागि कुनै कसर बाँकी नराखेको र पूरा टीमले नै धेरै मेहनत गरेकोले पनि भिडियोले राम्रो भ्यु पाउने आशा निर्देशकको रहेको छ । निर्मला सुन्दास को लगानी रहेको भिडियो एस। एस इन्टरटेण्मेन्ट युटुव च्यानलबाट सार्बजनिक भएको ।   https://youtu.be/fD0RKTUhPvQ?si=yq9KJu0Q3AQBcNfl...
चर्च ब्वाइजको जितमा सनिलको दुई गोल

चर्च ब्वाइजको जितमा सनिलको दुई गोल

खेलकुद
विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा पाँचौं जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा चर्च ब्वाइज ४–१ ले विजयी भएको हो। जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अंक जोडेको छ। पराजित पुलिसको समान खेलबाट १३ अंक छ। चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे। अनिशकुमार मगर र सुशान्त थापामगरको नाममा एकरएक गोल रह्यो। पुलिसका रोहन पोखरेल मगरको गोल सान्त्वना रह्यो। खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्तको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। २६औं मिनेटमा अनिशले अर्को गोल थपे। ३७औं मिनेटमा सनिलले गोल गर्दै पहिलो हाफमा चर्च ब्वाइजलाई ३–० को अग्रता दिलाए। ६९औं मिनेटमा सनिलले व्यक्तिगत दोस्रो गोल र टोलीका लागि चौथो गोल गरे। ७१औं मिनेटमा रोहनले गोल गरे पनि पुलिसलाई खेलमा फर्काउन सकेनन्।...
काठमाडौंमा सुरु भयो दक्षिण एसियाली कला प्रदर्शनी

काठमाडौंमा सुरु भयो दक्षिण एसियाली कला प्रदर्शनी

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाडौं | दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा. अर्शिया लोखन्डवाला बताउँछिन् । तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु भएको प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ । प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा. लोखन्डावालाको भनाइ छ । प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक एक महिला कलाकारका सृजना राखिएका छन् । भारतीय कलाकारहरू अनित...
रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा

रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । कार्यवहाक प्रवक्ता रावलका अनुसार सचिवालय बैठकमा सात विषय छलफल हुनेछ ।  ‘समसामयिक राजनीति र पार्टी गतिविधि,सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषय छलफलका विषय तय भएका छन्’, रावलको भनाइ छ । त्यस्तै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) का बारेमा पन...
अखिल क्रान्तिकारी निर्वाचनको मतगणना जारी, अध्यक्षमा सापकोटा र राईबीच टक्कर

अखिल क्रान्तिकारी निर्वाचनको मतगणना जारी, अध्यक्षमा सापकोटा र राईबीच टक्कर

समाचार
काठमाण्डु | माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले अग्रता लिइरहेका छन् । उनलाई हेमन्त राईले पछ्याइरहेका छन् । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको हो । सापकोटाले ४५३ मत पाएका छन् । त्यस्तै राईले ३९९ मत ल्याएका छन् भने उपदेश यादवले १६८ र सुदिन पौडेलले १४२ मत पाएका छन् । निर्वाचन समितिका अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ । लुम्बिनी प्रदेशमा अध्यक्ष पदका उम्मेदवार विजयप्रकाश शर्माले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार ६६ मत पाएका छन् । यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन् । यस्तै कर्णाली प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज